सिन्धुली । विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिन्धुली अस्पताललाई सहयोग गर्नेहरु थपिदै छन ।
अस्पतालमा पिपीई सेट लगाएतका आवश्यक सामग्री खरिद, आइसोलेसन व्यवस्थापन तथा उपचारका लागि आवश्यक आर्थिक तथा प्राविधिक व्यवस्थापनका लागि रकम जम्मा हुन क्रम बढेको हो । कोरोना संक्रमण व्यवस्थापनमा जिल्लास्तरीय कोष निर्माण हुन नसकेपछि नागरिक तथा संघसंस्थाले सिधै अस्पताललाई सहयोग गरेका हुन ।

थापाको सम्झनामा उनकी धर्मपत्नी उर्मिला थापाले कोरोना भाइरस विरुद्ध लड्न २ लाख सहयोग गरेकी हुन ।
अस्पताल व्यवस्थापन समितिलाई उक्त रकम पठाई समितिका अध्यक्ष प्रलाद पोखरेललाई उर्मिलाले फोन समेत गरेकी छिन ।
‘कोरोना भाइरसबाट सिन्धुलीबासीहरु कोही संक्रमित नहोस भनेर सहयोग गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए । उर्मिला काठमान्डौमा बस्छिन ।

अस्पताल विकास समितिका अध्यक्ष पोखरेलले सहयोग गर्ने सबैलाई धन्यावाद दिदै रकमको खर्च पारदर्शी तरिकाले गरिने र कोरोना रोकथाम तथा उपचारमा खर्च गरिने बताएका छन ।



















