सिन्धुली । सिन्धुली अस्पतालमा आइसोलेशन वार्डमा राखिएको विरामीको रिपोर्ट नेगेटिभ आएको छ । चैत्र ५ गतेदेखि सिन्धुली अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कमलामाई नगरपालिका वडा नं. ७ का ८१ वर्षिय वृद्धलाई लक्षणका आधारमा आशंका गरि स्वाव परिक्षण गरिएको थियो ।
उनलाई अत्यधिक ज्वरो देखिएको र स्वासप्रस्वासमा समेत समस्या देखिएकाले आइसोलेशन वार्डमा राखि उपचार गरिएको थियो । उनलाई बिहिवार कोरोनाको आशंका गरि काठमाडौँ टेकु स्थित सरुवा रोग तथा ट्रपिकल सेन्टरबाट आएको टोलीले स्वाव परिक्षणका लागी नमुना संकलन गरि लगेको थियो ।
सिन्धुली अस्पतालका डा. प्रसान्त राजभण्डारीका अनुसार स्वाव परिक्षणमा इन्ल्फुन्जा ए देखिएको छ । बिरामीको ज्वरो केही घटेको र उनको उपचार जारी रहेको डा. राजभण्डारीले बताए । अस्पतालका अनुसार ब्रिटिस आर्मीका अवकाश प्राप्त ती वृद्ध पेन्सन बुझ्न धरान गएका थिए । उताबाट फर्किएपछि उच्च ज्वरो आएका कारण सिन्धुली अस्पताल भर्ना गरिएको थियो ।



















