सिन्धुली । सिन्धुली अस्पतालले कोरोना भाइरसका विरामीको उपचारका लागि छुटै वेड तथा स्थान निर्माण गरेको छ । छिमेकी देश चिन र भारतमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि कोरोनाको उपचारको पूर्व तयारी स्वरुप आइस्युलेसन वार्डको स्थापना गरेको हो ।


कोरोना भाइरस जाँच तथा सरसफाईका लागि उक्त वार्ड भित्र सबै खालको व्यवस्थापन गरिएको छ । संक्रमित फेला परेमा अन्य व्यक्तिलाई भाइरस संक्रमण हुन नदिन वार्डको स्थापना गरिएको हो । पोखरेलका अनुसार सिन्धुली अस्पतालमा औषधिको अभाव भने छैन ।




















