सिन्धुली । हेटौडा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई कम्प्युटर सहयोग गरेका छन । शनिबार पत्रकार महासंघ सिन्धुली शाखामै आई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन ।
४५ हजार मुल्य बराबरको डेल कम्पनीको डेस्कटप कम्प्युटर एक औपचारिक कार्यक्रमका बीच महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन)लाई कम्प्युटर हस्तान्तरण गरेका हुन । हेटौडाका पत्रकार गिरिजा अधिकारीको पहलमा अर्यालले कम्प्युटर सहयोग गरेका हुन । गिरिजा नेपाल पत्रकार महासंघ बाग्मति प्रदेश समितिका सल्लाहकार हुन ।

कम्प्यूटर हस्तान्तरण कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले कमलामाई नगरपालिकाले अक्षयकोषको स्थापना गर्नको लागि समिती बनाएर आउन आग्रह गरेको बताउँदै जिल्लाका पत्रकार र पत्रकार महासंघसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघ सिन्धुली शाखाका संस्थापक अध्यक्ष शेषराज दाहालले कम्प्युटर पुस्तकालयको इलाईबे्ररीमा राख्ने शाखाको अध्यक्ष कार्कीको प्रतिवद्धता आएको बताउँदै धन्यावाद दिए ।
कार्यक्रममा सिन्धुली शाखाका संस्थापक अध्यक्ष शेषराज दाहाल, पूर्व अध्यक्षहरु, महासंघका पदाधिकारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।



















