सिन्धुली / जिल्लामा माध्यामिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा ८ जना अपांगता भएका परीक्षार्थीले सहभागिता जनाउने भएका छन । नवज्योति बहिरा स्कुल जसेदमारका बहिरा विद्यार्थीहरु ४ जना छात्रा र ४ जना छात्रले एसइइमा सहभागिता जनाउने भएका हुन । शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेलले ती विद्यार्थीका लागि छुट्टै परीक्षा दिने व्यवस्था मिलाईएको बताए । गजुरेलका अनुसार उनीहरुलाई सिद्धस्थली मावि परीक्षा केन्द्रको १ कोठामा परीक्षा दिने व्यवस्था गरिएको छ ।
यस्तै सिन्धुलीमा खुला विद्यालयबाट परीक्षामा सहभागिता जनाउने एक छात्रलाई वाल सुधार गृह भक्तपुरबाट परीक्षा दिने व्यवस्था मिलाईएको छ । जसका लागि शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गरेको छ । उनले कमला खुला विद्यालयबाट परीक्षा दिने तयारीमा थिए । ती छात्रालाई लागु औषधको कसुरमा बालसुधार गृहमा पठाइएको थियो ।
कोरोनाको परिक्षण गरिने
एसइइ दिने विद्यार्थीहरुमा ज्वरो आएमा वा रुघाखोकी लगाएतका लक्षण देखिएमा स्वास्थ्य परिक्षण गरिने भएको छ । २३ वटा परिक्षा केन्द्र रहेकोे सिन्धुलीमा कोरोना परिक्षणका लागि शिक्षा समन्वय इकाइले जिल्लाका ९ वटै स्थानीय तहसँग समन्वय गरि स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि अनुरोध गर्ने भएको छ । शुक्रबार सबै स्थानीय तहलाई उक्त अनुरोध सहित पत्राचार गरिने गजुरेलले बताए ।
कोरोनाको लक्षण देखिएमा त्यस्ता विद्यार्थीलाई छुट्टै कोठामा परीक्षा दिने व्यवस्था समेत गरिने उनले बताए । कोरोना परिक्षणका लागि स्वास्थ्य कार्यालय सिन्धुली र सिन्धुली अस्पतालसँग समेत समन्वय गरिने भएको हो ।
तयारी अन्तिम चरणमा
जिल्लामा एसइइको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका क्रममा सुरक्षाको पूर्ण व्यवस्थापन गरिएको छ । सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका पु¥याईएको छ भने प्रश्नपत्र जिल्लामा आईसकेको छ । केन्द्राध्यक्षहरुको नियुक्ति शुक्रबार दिईने छ ।
चैत ६ गतेबाट सुरु हुने परिक्षामा १४१ विद्यालयका ५ हजार ८१३ विद्यार्थी सहभागि हुने शिक्षा समन्वय इकाई सिन्धुलीले जनाएको छ । सिन्धुलीमा एईई परिक्षाको तयारी तिव्र रुपमा भैरहेको इकाई गजुरेलले बताए । जिल्लाभरि २६ वटा केन्द्रमा परिक्षा सञ्चालन हुने उनले बताए । परिक्षामा ११६ सामुदायिक विद्यालय, २३ संस्थागत विद्यालयले परीक्षामा सहभागिता जनाएका छन । ५ प्राविधिक र १ अपांगता (बहिरा) विद्यालयको सहभागिता हुने छ । यस्तै खुल्ला विद्यालयबाट ३२ जनाले एइइमा सहभागिता जनाउने छन । जिल्लाबाट २३ वटा संस्थागत विद्यालयबाट ५ सय १९ विद्यार्थी एसईईमा सहभागि हुनेछन् भने ५ वटा प्राविधिक विद्यालयका १८५ जना विद्यार्थी परिक्षामा सामेल हुनेछन ।
जसमा कृषितर्फ प्रभात मावि रानीवास, कपिलाकोट मावि छाप र मावि लदाभिर गरि ३ विद्यालयका एक सय जना विद्यार्थी सहभागि हुँदैछन् । सिभिल इन्जिनियरिङ्तर्फ गौमति मािव माडिबजार सरस्वति मावि डकाहाका ८५ जना विद्यार्थी परिक्षामा सहभागि हुने छन । यस वर्ष प्राविधिक तर्फको परिक्षा जनज्योति मावि फोस्रेटारमा हुने शिक्षा समन्वय ईकाईका प्रमुख गजुरेलले बताए । यसैगरि १२३ जना ग्रेडवृद्धिका परिक्षार्थीहरुको परिक्षा गौमति माविमा हुने छ ।




















