सिन्धुली । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका सहायक प्रवन्धक इन्जिनियर शेरबहादुर सुनार शुक्रबार घुस सहित पक्राउ परेका छन् ।
प्राधिकरणको कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम विल भुक्तानी दिन लामो समयदेखि आनाकानी गरेका उनलाई ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सुनार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खड्कालाई लिन पठाएका थिए ।
उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो । खड्कालाई कमलामाई नगरपालिका – ७ गैरी चोकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सुनारलाई कार्यालयबाटै पक्राउ गरिएको कोइरालाले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।





















