सिन्धुली । प्रतिनिधिसभा सदस्य एवम् पूर्व कृषिमन्त्री हरिवोल गजुरेलले सहकारीलाई उत्पादन र रोजगारसँग जोड्न आग्रह गरेका छन । उनले मुलुकको आर्थिक विकासको खम्बाका रुपमा सहकारी लिन आग्रह गर्दै देशको नीति र कार्यक्रमसँग मिल्ने खालको नीति बनाएर सहकारी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मंगलबार सिन्धुलीमाढीमा सहकार्य बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । गजुरेलले सहकारीहरुले नयाँ योजना र कार्यक्रम बनाएर राज्यको संमृद्धिमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘राज्यको उद्देश्य र समाजसँग तालमेल हुने गरि सहकारीले नयाँ योजना र नीति बनाउनुप¥यो ।’ उनले थपे, अर्थतन्त्रको विकासले राष्ट्रियतालाई बलियो बनाउछ । भिग माग्दा राष्ट्रियता गुम्छ ।’ उनले हरेक सहायताले फाइदा खोज्ने बताउँदै श्रमलाई सम्मान गर्न र अर्थतन्त्रलाई बलियो बनाउन सहकारीले भूमिका खेल्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य राजन दाहालले सरकारको उद्देश्यसँग सहकारीलाई जोड्न जिल्लाका सहकारीहरुलाई आग्रह गरेका छन । उनले सहकारीले वित्तिय अनुशासन र पारदर्शितालाई प्राथमिकता दिदैं पूजिलाई चलाएमान बनाउन आग्रह गरे । उनले भने, ‘सहकारीको पूँजीलाई चलाएमान बनाएर उत्पादन र रोजगारसँग जोड्नुपर्छ ।’
कार्यक्रममा बोल्दै सहकारीलाई सेवामुलक क्षेत्रमा समेत काम गर्न र शेयर सदस्यको मन जित्न आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा सिन्धुलीका सह इन्चार्ज उमा कोइरालाले सहकारीले महिलाहरुको उद्यमशिलता र रोगजारलाई ध्यान दिन आग्रह गरिन ।
संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सिन्धुलीका श्रवण नेवा खड्गी, बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठ, शिक्षा प्रेमी फाल्गुनी शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयलाई कम्प्युटर
संस्था सिन्धुलीले आफ्नो सातौं बार्षिक साधारणसभामा विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । सहकारीको माध्यमबाट शिक्षामा योगदान दिने उद्देश्यले कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको मावि पानीट्यांकीलाई तीन थान कम्प्युटर हस्तान्तरण गरेकोे हो ।
साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् पूर्व कृषि मन्त्री हरिबोल गजुरेल र संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेलाई कम्प्युटर हस्तान्तरण गरेका हुन ।

व्यक्ति तथा संस्थालाई सम्मान
यसै गरि सिन्धुली जिल्लाको कला संस्कृतिको संरक्षणमा योगदान दिएको भन्दै कलाघर सिन्धुलीलाई पनि सम्मान गरिएको छ । यस्तै साहित्यमा योगदान दिने युवा विद्यार्थीहरु सम्झना श्रेष्ठ, अग्रिम अधिकारी र प्रस्तुती अधिकारीलाई पनि सम्मान गरिएको छ । 
उक्त साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका प्रवन्धक जिवि श्रेष्ठले संस्थाले हालसम्म ६ करोड १५ लाख ३२ हजार ३६५ रुपैंया आर्थिक कारोबार गरेको बताए ।
उनले संस्थाको यो वर्षको आर्थिक वृद्धि १० प्रतिशत रहेको बताए । उनको प्रतिवेदनमा संस्थाको नाफा ६ लाख ५३ हजार ३९० रहेको उल्लेख गरिएको छ ।ट धर्म तथा पुन्य कमाउने अभियानमा लागौं ।




















