सिन्धुली । राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका स्तरीय उपाधि फिक्कल मा.वि ले हात पारेको छ । फिक्कल गाउँपालिका स्तरमा भएको प्रतियोगितामा उक्त माविले १० स्वर्ण सहित रनिङ शिल्ड हात पारेको हो । उक्त माविले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

पुस २६ गतेबाट भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । समापनमा प्रतिनिधिसभा सदस्य गणेश पहाडीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा फिक्कल गाउँपालिकाका ११ वटा माध्यामिक विद्यालय सहभागि भएका थिए ।



















