सिन्धुली । नगरिक समाजद्धारा जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्नको लागि जिल्ला संमन्वय सतिति सिन्धुलीमा सोमबार ध्यानकर्षण बुझाएको छ ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री पषिदको कार्यालयको मिती २०७५ असार २० गते प्रकाशित राजपत्रको सुचना र नेपाल सरकारको भ्रष्टचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा १ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ (क) को उपदफा १ अनुसार सबै सार्वजनिक पद धारण गरेका ब्यक्तिले आफ्नो सम्पति सार्ववनिक गर्नुपर्ने ब्याबस्था छ ।
तर सिन्धुलीमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचित भए पश्चात आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि केहि जनप्रतिनिधि बाहेक अधिकांश जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक नगरेको भन्दै , जिल्ला संमन्वय मार्फत संवन्वय गरेर सम्पति विवरण सार्वजनिक गर्न आग्रह गर्दै हुडारेक दोलखा द्धारा संञ्चालित स्वास्थय समुह तथा नागरिक समाजका अध्यक्ष एवम गैरसरकारी संस्थाका अध्यक्ष बेदराज दाहालले ध्यानकर्षण पत्र जिल्ला संमन्वय समिति प्रमुख शंकरराज बर्मा तिवारी लाई बुझाएका हुन् ।
ध्यानकर्षण पत्र बुझ्दै जिल्ला संमवन्य प्रमुख तिवारीले नेपालको संबैधानिक ब्यावस्था अनुसार सार्वजनिक गर्नुपर्ने भएपनि कतिपय स्थानिय तहका जनप्रतिनिधिले सार्वजनिक गरेका छन । तर अधिकांशले सार्वजनिक गरेको आफुले पनि थाहा नपाएको बताए । सार्वजनिक नगरेका हरुलाई जिल्ला संमन्वय समितिले संमन्वय गरेर सार्वजनिक गर्न लगाउने आग्रह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।





















