सिन्धुली/राष्ट्रिय सतर्कता केन्द्रमा ६१७ वटा उजुरी रहेको केन्द्रले जनाएको छ । विहिबार सिन्धुलीमाढीमा आयोजित भ्रष्टाचार नियन्त्रण, हाम्रो साझा दायित्व विषयक अन्तक्र्रिया कार्यक्रममा केन्द्रले यस्तो जानकारी दिएको हो । केन्द्रका प्रहरी निरिक्षक बुद्धिराम खनालले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५÷०७६ बाट जिम्मेवारी सरेका ४३६ र चालु आर्थिक वर्षको असोज मसान्तसम्म केन्द्रमा परेका १८१ उजुरी गरि ६१७ उजुरी रहेको उनले बताएका हुन । उनका अनुसार ती उजुरीमध्ये २ सय १ उजुरी फस्र्यौट भईसकेका छन । ती उजुरीहरु उजुरी पेटिका, हुलाक तथा केन्द्रमा सोझै प्राप्त उजुरी भएको उनले बताए ।
यस्तै २०७५÷०७६ मा ५२ जिल्लाका २ हजार ५६५ जना कर्मचारीलाई अनुशासन पालना नगरेको भन्दै केन्द्रले कारवाहि गरेको छ भने उजुरी फस्र्यौटको अवस्था हेर्दा १३ सय ३७ वटा (७३.४२ प्रतिशत) उजुरी फस्र्यौट गरिएको जानकारी दिईएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सहआयोजनामा भएको कार्यक्रममा सहभागिहरुले समयमा विकास निर्माणका काम नभएको, पारदर्शिता र जवाफदेहितामा कमी आएको, बेरुजु बढ्दै गएको, कर राजस्व छलि हुने गरेको, दोहोरो कर लाग्ने गरेको, समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाहि नभएको, सार्वजनिक सम्पत्तिको उपभोग सम्बन्धित निकायले गर्न नपाएको, कर्मचारीको अभावले स्थानीय तहहरुमा सेवा प्रवाहमा समस्या हुदै आएको लगाएतका सवाल उठाएका थिए । उनीहरुले सार्वजनिक सेवा प्रवाह सहज बनाउन भ्रष्टाचार गर्नेलाई ठाउँको ठाउँ कारवाहि गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद राजन दाहालले शक्तिको केन्द्रमा रहेर भ्रष्टाचार हुने गरेको बताएका छन । उनले नीति निर्माण देखि कार्यान्वयन तहसम्म संस्थागत भ्रष्टाचार बढेको बताउँदै यसलाई कम गर्न नैतिकतामा बस्ने बानीको विकास जरुरी रहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा. ऋषिराम शर्माले अनुगमनबाट कर्मचारी, विकास निर्माण लगाएतमा सुधार हुने बताउँदै उजुरी गर्ने बानीको विकास गर्न नागरिकहरुलाई आग्रह गरेका छन । उजुरीले विस्तृत छानविनको अवस्थासम्म पु¥याउने बताउँदै उजुरी गरेर केहि हुदैन भनि निराश नहुन आग्रह गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बरालले सम्पत्तिको झुटो विवरण बुझाउने र विवरण नबुझाउनेलाई कारवाहि गर्न आग्रह गरे । उनले अख्तियार दुरुपयोग आयोगलाई बलियो बनाउन सुझाव समेत दिए ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले कर्मचारी र जनप्रतिनिधिहरुबीचको सहकार्य भएमा भ्रष्टाचार कम गर्न सकिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारी नभएकाले समस्या भएको लगाएतका गुनासो गरेका थिए ।
कार्यक्रममा केन्द्रका शाखा अधिकृत राजेन्द्र बुढाथोकीले स्वागत गरेका थिए भने केन्द्रका तर्फबाट ४ वटा प्रस्तुतिमा छलफल गरिएको थियो ।





















