सिन्धुली । प्रदेश सरकारले आर्थीक वर्ष सकिन करिव एक महिना बाँकी रहदाँ आफु मातहतका कार्यालयमा करडौँ बजेट पठाएको छ । कार्तिक ३ गते प्रदेश सरकार मातहत रहेर काम गर्ने गरी स्थापना भएको कृषि ज्ञान केन्द्रमा प्रदेश सरकारले करिव २ करोड पूजिगत बजेट पठाएको छ ।
जेठ पहिलो हप्ता वित्नै लाग्दा सम्मेत अख्तियारी आईसकेको तर बजेट नआएकाले असार मसान्त भित्र खर्च गरी सक्न वा काम गरी सक्न कठिन हुने कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । केही दिन अगाडी प्रदेश सरकारले सहकारीका लागी १ करोड र पकेट क्षेत्रका लागी ८६ लाख रुपैयाको अख्तियारी पठाएको छ ,तर आजका दिन सम्म बजेट आई नपुगेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको ढकालले बताए ।
प्रदेश सरकारले यस अधि कृषि सडकका लागी आफैले सडकहरु वा उपभोत्ता समितिहरु छानेर, काम गर्ने र अनुगमन गर्नका लागी आफुहरुलाई अख्तियारी पठाएको उनले बताए । करिव ३ करोड ८२ लाख रुपैयाको १२ वटा कृषि सडकहरु भरखरै सम्झौँता सम्पन्न भएको छ, अब एक महिनामा कसरी काम हुन्छ, उनले भने । प्रदेश सरकारले पठाएको बजेट बाट काम गर्ने प्रयास आफुहरुको हुन्छ,सकेसम्म गर्दै जान्छौँ, हेरौ, के हुन्छ, ढकालले भने ।
कार्यालय स्थापनाको ८ महिना सम्म प्राय सुनसान रहेको यस कार्यालयमा जेठ लागेसँगै बजेट आउने क्रम बढ्ेको छ, सरकारले अर्को आर्थीक वर्षका लागी नीति तथा कार्यक्रम ल्याई सकेको, अवस्था छ, अर्को तिर असार लाग्न लागेको छ, बर्षातको समयमा निर्माणको काम गर्न कठिन हुन्छ, ढकालले चिन्ता व्यक्त गरे ।
आफुहरु राज्यले अराएको र खटाएको काम गर्ने भएकाले सकेसम्म काम गछौँ तर अहिले प्रदेश सरकारले पठाएको बजेटबाट काम गर्न भने कठिन हुने उनले बताए । जिल्लाको भौगोलिक अवस्था र बर्षातका कारण आफुहरुलाई समेत अुनगमन गर्न कठिन हुने उनले भने । अनुगमन नगरी निकासा गर्दा फेरी पछि समस्या हुने भएकाले काम गर्न कठिन रहेको उनले बताए ।
कार्यालयमा कर्मचारी समेत छैनन
तत्कालिन संघिय सरकारले हटाएको वा खारेज गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीलाई पछि प्रदेश सरकार मातहत राखेको भएपनि कार्यालयको दरवन्दी अनुसार कर्मचारी भने अहिले सम्म नपठाएको उनले बताए ।
कार्यालयमा चार जना अधिकृतहरुको दरवन्दी रहेकोमा हाल दुई जना मात्र छौँ,अन्य प्राविधिक कर्मचारी पनि आधा पनि छैनन ढकालले भने ।
कर्मचारी पूरा भएपनि कार्यालयको काम सम्पादनमा केही सहजता हुने थियो ढकालले भने । जनशक्ति अभावका कारण पनि प्रदेश सरकारले जेठ महिनामा पठाएको पूजिगत बजेट सक्न वा त्यसबाट काम गर्न कठिन हुने उनले बताए ।





















