सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका वडा नंं ७ बाह्रविसेमा डोजरले खनेको खाल्डोमा रहेको पानीमा डुबेर विहिबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मरिण गाउँपालिका–७ स्थित बाह्रविसेका ८ वर्षीय छोरा मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए ।
धरान चतरा सडक खण्ड अन्तर्गत खडकखण्डमा सडक निर्माणका क्रममा जेसीविले बालुका निकाल्दा वनेको खाल्डाको पानीमा डुबेर बालकको मृत्यु भएको थापाले जानकारी दिए ।




















