नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेकपा अब भाषण गर्ने ठाउँमा नभई सामाजिक न्याय, लोकतान्त्रिक मान्यता, विकास र संमृद्धि निर्माणका लागि काम गर्ने ठाउँमा भएकाले सबैलाई काम गर्न आग्रह गरेकी छिन । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार नेकपाले समालेका बेला विकास निर्माण, भ्रष्टाचार उन्मुलन र समृद्धिका लागि काम गर्ने बेला भएको भन्दै नेकपाका नेता तथा जनप्रतिनिधिहरु तल्लिन भएर काम गर्न निर्देशन दिएकी छिन ।
सिन्धुलीमाढीमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटि सिन्धुलीको सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । शाक्यले भनिन, ‘गफ गरेर हैन, काम गरेर देखाउने बेला भएको छ । हामी सरकारमा छौं । काम गरेर देखाउनुहोस ।’ उनले आन्दोलनका उपलब्धि, राष्ट्रियताको रक्षा, संमृद्धि र विकासका लागि एक भएर अगाडि बढ्न सबै कार्यकर्तालाई आग्रह गरेकी हुन ।
खुशी नेपाली र संमृद्ध नेपाल निर्माणका लागि पार्टी एकता भएकाले फुट, विभाजन र आक्षेपलाई छोडी एक ठाउँमा आएर काम गर्न उनले आगह गरेकी छिन । कार्यक्रममा जिल्ला संगठन कमिटीलाई सपथ ग्रहण गराउँदै उनले कम्युनिष्टको व्यवहार विकास र जनताको हितमा देखाउन आग्रह गरिन । उनले नेकपा जिल्ला कमिटीको १४५ सदस्यमा महिला १३ प्रतिशत मात्र रहेको बताउँदै सक्षम कार्यकर्तालाई नेतृत्वमा ल्याउन र महिलाको सदस्य संख्या बढाउन महिला संगठनहरु र पार्टी नेतृत्वलाई सुझाव दिएकी छिन ।
स्थानीय तहको निर्वाचनलाई हेर्दा पार्टी लोकपृय बन्न नसकेको बताउँदै उनले एकतापछि सदस्यता विस्तार, जनचाहना अनुसारको विकासमा ध्यान दिन योजना बनाएर काम गर्न पार्टी कमिटिलाई अनुरोध गरेकी छिन । शाक्यले शुसासन समृद्धि र विकासका लागि योजना बनाएर काम गरेन भने जनताले ५ वर्षमा कठघरामा उभ्याउने बताईन ।
जिल्ला अध्यक्ष राजन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जनचाहना अनुसार नयाँ तरिकाले अगाडि नबढेमा कम्युनिष्टहरुको भविष्य नरहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाले सामाजिक सञ्जाल, मिडियाका कुरा नसुन्न र नेताको आलोचना नगर्न कार्यकर्तालाई निर्देशनात्मक अनुरोध गरेका छन । उनले भने, ‘सामाजिक सञ्जाल, मिडिया, कान्तिपुर, रेडियो र कायाकैरनको समाचारलाई नपत्याउनुहोस, नेताको विरोध नगर्नुस ।’ उनले देशलाई समृद्ध बनाउन जनतालाई शिक्षा, स्वास्थ्य, कृषि लगाएतका क्षेत्रमा पहुँच पु¥याउने काम गर्नुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सचिव आनन्द पोखरेलले पार्टी सदस्यहरुको एकीकरण गर्दै स्थानीय तहलाई नेतृत्व प्रदान गर्न पार्टी संगठनले गर्नुपर्नेमा जोड दिए । उनले शुसासन कायम गर्नु नै जनताको चाहना रहेको बताउँदै संविधानका मौलिक हकलाई ध्यान दिदै बजेट विनियोजन गरि काम गर्न पार्टीको भूमिका महत्वपूर्ण हुनेमा ध्यान दिन आग्रह गरे । उनले मानव विकास सूचकांकमा समेत ध्यान दिएर स्थानीय तहका काम गर्न सघाउन जिल्ला पार्टीलाई निर्देशन समेत दिएका छन । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कमलजंग राई, विषमलाल अधिकारी दनुवार, उमा कोइराला लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।




















