सिन्धुली । प्रदेश नं. ३ का सांसद विनोद खड्काले जिम्मेवार निकायमा बसेकाहरुका कारण हुने ढिलासुस्ती र अपारदर्शिताका कारण भ्रष्टाचार बढिरहेको बताएका छन । उनले सोमबार सिन्धुलीमाढीमा ट्रान्सपरेन्सी इन्टरनेशनल जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा भएको भुकम्पपछिको पुननिर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रमको प्रभाव र भावी योजनाका सम्बन्धमा सुझाव संकलन तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले भुकम्पपछिको पुननिर्माणमा वास्तविक पीडितले राहत नपाएको र धनी मान्छेहरुले लाभग्राही सूचिमा परेको भन्दै कर्मचारी र प्राविधिकहरुको लापरवाहिका कारण पुननिर्माणमा समस्या आएको बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सेवा प्रदायकलाई मात्र नभई सेवाग्राहीलाई पनि सिस्टममा ल्याउन सकिएमा समस्या कम हुने बताइन । उनले ट्रान्सपरेन्सीले नै पारदर्शिताको सुरुवात गर्न समेत सुझाव दिइन । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल सिन्धुलीकी अधिकृत गंगा घिमिरेले जिल्लामा बजार अनुगमन, सार्वजनिक सुनुवाई पुननिर्माणका सरकारी भवनको अनुगमन, गुनासो संकलन जस्ता कार्यक्रमले गुणस्तरीय पुननिर्माणमा सहयोग पुगेको बताईन । उनले नीतिगत छलफल, व्यवहारिक छलफलले पनि सरोकारका निकायलाई जिम्मेवार बनाएको बताईन ।



















