सिन्धुली । दुई बालिकालाई मदिरा सेवन गरि रातीको साढे १२ बजे कोठामा गई यौन दुव्र्यवहार गर्ने एक शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता भएको छ । बाल सञ्जालको सक्रियतामा फिक्कल गाउँपालिका वडा नंं ३ घर भई सोहि ठाउँको माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथामिक तहमा पढाउने शिक्षक ४५ वर्षिय चिरञ्जीवी पहाडीलाई बाल यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार मुद्दा दर्ता भएको हो ।

पीडक पहाडी फरार रहेको र उक्त घटनाको अनुसन्धान सुरु गरिएको सिंहले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा बैशाख १४ गते नै वडाध्यक्ष टेक बहादुर रजन मगरलाई पीडित पक्षले लिखित जानकारी गराएका थिए । घटनामा राजनीतिक दवाव आएको र उचित छानविनमा समस्या भएको एसपी सिंहले बताए ।
एसपी सिंहका अनुसार बालिकाहरुले हार गुहार गरेपछि गाउँलेहरु जम्मा भएपछि पहाडी भागेको घटनास्थल अध्ययनबाट खुल्न आएको थियो । उनले भने, ‘पीडितले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार नै मुद्दा ल्याएका थिए, घटना शंकास्पद लागेपछि स्थलगत पुगेर अनुसन्धान गरेपछि मात्र आइतबार मुद्दा दर्ता गरिएको छ ।’




















