
० नीजि विद्यालयहरुले अविभावलाई लुट्छन भन्ने अरोप छ नी , तपाईले यो आरोपलाई कसरी लिनु भएको छ ।
– हाल नेपालमा कायम भएको ७७ जिल्ला मध्ये सिन्धुली जिल्लाका निजी विद्यालयहरु सवैभन्दा कम शुल्कमा पठन पाठन सञ्चालन गर्ने र नाफामूखि नभइ सेवामुखि अन्तर्गत पर्दछन, यो आरोप असत्यतामा आधारित छ । यदी कसैले पनि सिन्धुलीका नीजि विद्यालयहरुले बढी शुल्क लिए भन्छन भन्ने आरोप लगाउछन भने उनीहरुले बाहिरी शिक्षाको परिबेश बुझेका छैनन भन्ने थाहा हुन्छ, सिन्धुलीका भन्दा भौतिक संरचना तथा कम गुणस्तरका बोर्डिङ स्कुलहरुको फि धेरै बढी छ । हामिहरुलाई तत्कालिन जिल्ला शिक्षा कार्यालयले करिव ५ बर्ष अगाडी नै मासिक २ हजार रुपैया फि तोकेको भएपनि हामिहरुले भरखर त्यको करिव ४० प्रतिशत कममा लिई रहेका छौँ ।
० नीनि विद्यालयहरुले बर्षेनी पाठ्यक्रम र पोशाक परिवर्तन गर्छन किन ?
– देश काल परिस्थिति अनुसार केही पठ्यपुस्तक परिवर्तन भएपनि सम्पूर्ण पाठ्य पुस्तक परिवर्तन गरिएको छैन । पोशाकको हकमा भन्ने हो भने म संलग्न रहेको विद्यालयले निकै लामो समय भो पोशाक परिवर्तन गरेको छै । होलान केही एकआद विद्यालयहरु जो बर्षेनी पोशाक परिवर्तन गरी रहन्छन । पोशाक परिवर्तनले प्रत्यक्ष रुपमा अविभावकहरुलाई आर्थीक भार पर्ने भएकोले उहाँहरुसँगको छलफल आवश्यक छ । त्यस्तै विद्यालयका विभिन्न समस्या, अविभावकले चाहेको शिक्षाका विषयमा छलफल गर्न अविभावक भेला राखिएको हो नी । विद्यालयहरुले आफुखुसी गर्ने भए त अविभावक किन चाहियो र ।
० नीजि विद्यालयहरुले भर्ना शुल्क, माशिक शुल्क र यातायात भाडा बर्षेनी बृद्धि गर्छन, नत उनीहरुले विद्यार्थी, शिक्षकहरुको सेवा सुविधा नै थप्छन, बृद्धी के का लागी ?
– पोषक, परिपेक्ष अनुसार आवश्यक्ता अनुसार परिवर्तन गर्नु परेको हो प्रत्येक बर्ष परिवर्तन गरेको छैन । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा पनि कम शुल्कमा यस सिन्धुली जिल्लामा सञ्चालित निजि विद्यालयहरुले पठनपाठन सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष समय अनुशार विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकतथा कर्मचारीहरुलाई तलब भत्ता वृद्धि गरिएको छ । नभए उनीहरुको जीविका नचल्ने र राज्यले तोकेको मापदण्डमा रही तलव भत्ता नदिने हो भने, न त शिक्षक विद्यालयमा वस्छन ,नत गुणस्तरिय पठनपाठन हुन्छ। यसमा पनि दुई थरी छ । सवै विद्यालयलाई एउटै नजरले हेर्नु हुदँैन । एकाद विद्यालयहरुले यसो गरेभन्दैमा सवैलाई एउटै तराजुमा राखेर हेर्नुहुदैन । सवै क्षेत्रमा सवै राम्रा हुन्छन भन्ने छैन ।
०. कुनै एक पुस्तक पसललाई मात्र किताव बेच्ने अनुमति दिनुलाइ तपाई के भन्नु हुन्छ, ती पसलवालाले न त विद्यार्थीलाई एक प्रतिशत छुट दिन्छन ? ड्रेस र पुस्तक बिक्रिमा कमिशन लिनको लागी यसो गरेको भन्छन नी ?
– यस जिल्लामा खोलेका पुस्तक पसलहरुले विद्यालय प्रशासन समक्ष आइ आवश्यक्ता अनुसार मागेको पुस्तक लिस्ट सम्पूर्ण पुस्तक पसलहरुलाई उपलब्ध गराएको छ । सिन्धुली जिल्लामा धेरै जसो बोर्डिङ स्कुलहरुमा प्रोक्सी कक्षा जाने शिक्षक तथा शिक्षिकाहरुलाई छुट्टै भत्ताको व्यवस्था गरिएको छ । हामीले विगतका वर्षमा पुस्तक लिष्ट शिक्षा कार्यालयमा उपलब्ध गराई आफ्नो विद्यालयमा रहेको सूचना पाटीमा समेत सूचना राखिएको हुँदा सम्पूर्ण आरोप झुटो हो ।
०. नीजि विद्यालयहरुमा शिक्षकहरुको बढी श्रमशोषण हुन्छ भन्छन, बर्षेनी शिक्षकहरु परिवर्तन हुन्छन, कुनै कुनै बोडिङमा त एक शैक्षिक सत्रमा ३÷४ पटक शिक्षक परिवर्तन भएको देखिन्छ,यो शिक्षक शिक्षिकालाई न्यून पारिश्रमिक दिएका कारण भएको भन्छन ? तपाईको बुझाई के हो ?
– सम्पूर्ण विद्यालयमा तालिम प्राप्त योग्य शिक्षकमात्र राखिएको छ र प्रयेक वर्ष तिन देखी चार पटक सम्म सेमिनार र तालिमको व्यवस्था सिन्धुली प्याब्सनले गर्दै आएको छ सोही कारणले गर्दा यस जिल्लाका बोर्डिङ स्कुलहरुले एसईई र दश जोड २ मा अञ्चलकै उत्कृष्ठ नतिजा ल्याउन सफल भएको छ ।
०. नीजि विद्यालयहरुले संचालन गरेको होस्टलहरु पनि मापदण्ड विपरित छन नी ?
– प्याब्सन अन्तर्गत सञ्चालन भएका होस्टलहरु मापदण्ड अनुसार नै सञ्चालन भएका छन् । अरु कसले कसरी होस्टल चलाउछन हामिलाई थाहा हुदैन र यसको अनुगमन र नियन्त्रण गर्ने निकाय हामि हैनौँ ।
०. अन्तमा तपाईलाई केही भन्नु पर्ने छ ?
– अन्त्यमा मलाइ पनि आफ्ना अन्तर मनका कुराहरु राख्न दिनुभएकोमा प्रभात समाचारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । खासमा सिन्धुली जिल्लामा संचालिन नीजि विद्यालयहरुले वढी शुल्क लिए भन्ने, किताव बेचे भन्ने जस्ता जुन हल्ला छन ।त्यसको पछि नलाग्न सम्पूर्ण अविभावकहरुलाई म प्याप्सनको केन्द्रिय सदस्यहको हैसियतले आग्रह गर्दछु । किन भने कुनै पनि जिल्लाका बोर्डिङहरुले आफुखुसी फिस लिन पाउदैनन तत्कालिन जिल्ला शिक्षा कार्यालयले वर्गिकरण गरेको आधार र स्विकृति दिएको आधारमा मात्र विद्यालयहरुले फिस बढाउन पाउने हो । देशको सवै तिरको नीजि विद्यालयहरुको मासिक शुल्क हेर्ने हो भने, सिन्धुलीको शुल्क सवैभन्दा सस्तो छ म यो दावाका साथ भन्न सक्छु
प्रस्तुति : बिदुर पौडेल




















