• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Entertainment

पर्यटक तान्दै जर्बुट्टा संग्राहलय

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन १३, २०७५
in Entertainment, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

विश्वम्भर लामिछाने, अग्लो, मोटो शरिर दाह्री फुलेका, लामो फित्ता भएको झोला बोक्ने र दैनिक सदरमुकाम सिन्धुलीमाढीमा रहेको जिल्ला अदालत धाउने वकिल । उनको नाम र परिचय यतिमात्र हैन जिल्लामा । उनी त रुखका जरालाई ताछ्ने मिलाउने, रंगरोगन गर्ने र कलामा परिवर्तन गर्ने कलाकार समेत हुन । उमेरले ५० नाघेका उनी फुर्सदको समय रुखका जरा खोज्छन, मिलाउँछन र आकृति बनाउँछन ।
उनले यसो गर्न थालेको २०४८ सालदेखि हो । वि.सं.२०४८ सालमा आफ्नो घरतिर मोटर बाटो खन्दा भेटिएको जरालाई उनले जरायोको सिङ जस्तै देखे । त्यसलाई घरमा लगेर काटछाट र रंग रोगन गरी जरायोको सिङ जस्तै आकृति दिए । उनको यो नै पहिलो कला थियो । उनको कला निर्माणलाई निरन्तरता भने ०५७÷०५८ बाट दिए । जर्बुट्टा कला निर्माण गर्दा गर्दै उनले ३ सय बढी कला बनाईसकेका छन । अहिले उनको कला संग्राहलय कुनै सरकारी लगानीमा बनेको कलालय भन्दा कम छैन ।

उनी भन्छन, द्वन्द्वको बेला वकालतमा मन्दी आयो, कमाई भएन, श्रीमति जीको शिक्षकको जागिरको पैसा लगानी गर्दै त्यो समय सदुपयोग गरेर कला बनाएँ । ‘उनले कमाएको पैसाले रङ, किन्थें, औजार किन्थें’ उनी सम्झन्छन । भन्छन – ‘अहिलेसम्म कलालाई निरन्तरता दिदैं आएको छु ।’ दिनभर वकालतका लागि अदालत जान्छन उनी । साँझ विहान जरा खोजेर कला बनाउँछन । उनकी श्रीमति प्रसिद्धा शर्मा पनि उनलाई साथ दिन्छिन ।

लामिछानेले कमलामाई नगरपालिका वडा नं. ५, ढकालगाउँमा रहेको आफ्नै २ तलाको काठको घरमा संग्राहलय स्थापना गरेका छन । एउटा व्यक्तिको मेहनतले बनेको उक्त कलाघर यतिबेला पर्यटकको गन्तव्य बनेको छ । इतिहास, कला, साहित्य, संगित होस वा अन्य जे सुकैको बारेमा थाहा पाउन उनको कला महत्वपूर्ण छ । कलाकार लामिछानेका अनुसार यस संग्राहलयभित्र ७ दिनदेखि ६ महिनासम्म लगाएर बनाइएका कलाहरू राखिएका छन् । तर,ती कुनै पनि एक–अर्काको आकृतिसँग मेल खाँदैनन, फरक फरक स्वरूपका छन् ।
उनका अनुसार जर्बुटा कला संग्राहलयको ३७ देशका २० लाख भन्दा बढि पर्यटकहरुले अवलोकन गरिसकेका छन । जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले सिन्धुलीगढीलाई जति महत्वपूर्ण ठान्छन उनको कला संग्राहलयलाई र त्यति नै महत्व दिएर हेर्न जान्छन । अझ शैक्षिक अवलोकनको मुख्य थलो नै बनिरहेको छ यो कला संग्राहलय । कला बिक्री नगर्ने र मरणोपरान्त राष्ट्रलाई उपहार दिने घोषणा गरेका उनले यस्ता कला दोहो¥याएर बनाउन नसकिने बताए । उनले हालसम्म कला न कसैलाई उपहार दिएका छन न बेचेका नै छन ।
यसरी भयो नामाकरण ?
सिन्धुलीमा जराबाट कला निर्माण हुन थाले लगत्तै यस्तो कलालाई ‘जर्बुट्टा कला’ भनी नामकरण समेत गरियो । यस्तो कलालाई ‘जर्बुट्टा कला’ नामकरण गर्ने श्रेय कवि प्रोल्लास सिन्धुलीयलाई जान्छ । उनले कलाको हाते पर्चा बनाउने क्रममा यो नाम दिएका थिए । यसअघि यसलाई काष्ठकलाका रुपमा स्वीकार गरिएको थियो ।
कलाको खोजी
जर्बुट्टा कला संग्राहलयमा ४० थान कला निर्माण गरी राखिएपछि नेपालमा यसको खोजी गरियो । तर रुखका जराबाट कला बनाएको भेटिएन । खोजी कै क्रममा बाँसका जराबाट व्यावसायिक रूपमा झापाका नरेन्द्रबहादुर श्रेष्ठका बारेमा जानकारी भयो ।
उनको निवासमा गएर ती कला समेत हेरेका छन उनले । उनका कलाहरु पनि साह्रै सुन्दर र आकर्षक पाईए । कोठा सजाउन प्रयोग गरिएका भएपनि ती रूखका जराबाटै बनेका कला रहेछन् । सो बाहेक यदाकदा चितवनको नारायणी नदी किनारमा बस्ने एक व्यक्ति र मनकामना, गोरखाका एक युवाले फुर्सदमा आयआर्जनका लागि यस्तै खालका कला बनाएर बिक्री गर्ने गरेको जानकारीमा आएको छ । यसबाहेक अन्य जानकारी हालसम्म उपलब्ध हुन सकेको छैन ।

जर्बुट्टा कलाको विशेषता

यो कला दाउराको रूपमा समेत काम नलाग्ने खालका फालिएका रूखका जराबाट निर्माण गरिन्छ । यो कला अन्य कलाभन्दा पृथक पनि छ । अन्य कलाजस्तो यो कलामा आफुले चाहेको आकृति दिन सकिन्न तर जराले कस्तो आकृति दिन्छ त्यस्तै कला बनाउनुपर्छ । जसका कारण एउटै कला बनाउन सकिने जरा पाउन गाह्रो छ ।
देशको आर्थिक, सामाजिक, राजनीतिकदेखि लिएर मानवीय पीडा, व्यथा, वेदना, रोदन, क्रन्दन, चित्कार, खुसी, हर्ष, विकृति, विसङ्गति, राष्ट्रिय, अन्तराष्ट्रि घटनाक्रमलाई उतार्न सकिन्छ तर जराको आकृति भेट्टाउन गाह्रो हुन्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कलाको स्ट्यान्ड बाहेक अरू ठाउँ जोड्ने, गाँस्ने, टाँस्ने कार्य गरिदैन । यो कला तयार पार्दा काष्ठकलाका सिकर्मीहरूले झैँ कुँद्ने, खोप्ने, बुट्टा काट्नेजस्ता कार्य कम मात्रामा गरिन्छ । रूखका जराको प्राकृतिक आकृतिमै के कस्तो बनोट लिएर आएको छ, त्यसलाई नबिगारी कलात्मक स्वरूप दिइन्छ । कलालाई आकर्षक बनाउन फर्निचरमा प्रयोग गरिने रङ–रोगनहरू चप्रा, इस्प्रिट लगाएतको प्रयोग गरिन्छ तर प्राकृतिक रङलाई भने ध्यान दिइन्छ । यो कला जतिवटा बनाए पनि भिन्नभिन्न आकृतिमा निर्माण हुन्छन ।

तस्वीरहरु अनलाईन तथा कलाकारको फेसबुक वालबाट लिईएको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कम्युनिष्टहरुले सुनौलो मौकाको सदुपयोग गर्न सकेनन् : नेता पौडेल

Next Post

अख्तियारको विश्लेषण : ठूला आयोजनाको निर्माण कार्य अलपत्र, राज्यको तेइस अर्व रुपैयाँ ठेकेदारको हातमा

सम्बन्धित खबरहरु

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied