• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिलाप्रतिको हेराई : सोंचमा परिवर्तन गरौं

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
मंसिर २८, २०७५
in Featured, Opinion
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
कमल सरला सुनुवार

एकहुल युवा, मलाई जिस्काउँदै कमलामाई नगरपालिका ६ शान्ति नगरको आसपास तिर घुमिरहेका थिए । ‘काली काली, दिल छ खाली’ यस्तै अरु के के टुक्का जोड्दै थिए । प्रतिउत्तरमा म मुसुक्क हाँसे, केहि बोलिन । ‘मात्तिएका केटाहरु चड्कन लाउन नपुगेको’ मनले भन्यो, तर मुखले बोलेन । अनि म सरासरी आफ्नो बाटो लागें ।
भोलिपल्ट बिहान गाउँकी साथी पार्वतीलाई सुनाएँ, पार्वती मलाई हिजो केटाहरुले जिस्काए नी, तैले के भनिस त उस्ले सोधि । अहँ मैले त केहि भनिन, उसलाई मैले जवाफ दिएँ । म भएको भए त एक दनक दिन्थें, उस्ले प्रतिक्रिया जनाई । तेरा बाजे आई लागेको भए के गर्थिस त मैले भनें । हानाहान हुन्थो, उसले भनि ।
अन्याय या आफुलाई चित्त नबुझेको कुरा सहनु हुदैन भन्ने कुराको सन्देश उ मलाई दिदंै थिई । फेरी जिस्काए भनें बिचार गरुला हान्ने या नहान्ने ? मैले साथिलाई हाँस्दै भने । फिस्स हाँस्नु हुदैन तेरो हाँस्ने बानी छ । हाँस्यो भने झन उनिहरुलाई मज्जा लाग्छ । कडा रुपमा प्रस्तुत हुन सिक । उसले मलाई सुझाव दिदैं थिई । आज पनि मेरो मानस पटलमा त्यहि कुरा घुमि रहन्छ ।
म सामान्य परिवारमा जन्मिएको हुँ ,मेरो बाबा सरकारी सेवामा काम गर्नुहुन्थ्यो, आमा घर गृहिणी, खान लाउनको अभाव थिएन । हाम्रो परिवार सुख सयल र सम्पन्न पनि थिएन । तर मेरो परिवारमा विभेद थिएन । मेरो एक दाई एक भाई एक दिदी र एक बहिनी छन । हामी हुर्कंदा परिवारमा बिभेद गरेको थाहा छैन । तँ छोरा तँ छोरी त्यसरी कहिले पनि अलग गरिएन । ,बिभेद, शंका र नियन्त्रण यी कुराहरुबाट हाम्रो परिवार मुक्त छ र स्वतन्त्र छ । तर यसको मतलब यो हैन की म हिंसामुक्त समाजमा छु ।
जब म बुझ्ने भएँ र बाहिर निस्किएँ, जहाँ पाईला राखें त्यहाँ बिभेद, शंका, नियन्त्रण र बन्धन छ महिला भएकै कारण । यति बेला १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्राष्ट्रिय रुपमा मनाईएको छ । नेपालमा पनि २७ औं वर्षमा यो दिवस मनाई सकिएको छ । हरेक बर्ष हाम्रा लागि चलेको र चलाईएको यो अभियानले कति महिलाले न्याय पाए, कति महिलाले स्वतन्त्र भएर आफ्नो दैनिकी गुजार्न पाए, प्रश्न सबैको मनमा छ । अचेल त यस्तो पनि लाग्न थालेको छ यो अभियानले पनि कतै हामी महिलालाई हिंसा गर्न सजिलो त बनाईरहेको छैन ? ‘केटीहरुको १६ दिन हो क्यारे, यो बेला त उनिहरुलाई बोलाउन चलाउन हुदैन है’ भन्दै हाँसेर धज्जी उडाउनेहरुको जमात पनि कम छैन यहाँ । जो हामी अधिकारका कुरा गर्ने सबैले भोगेकै छौं ।
महशुस र अपनत्व नहुनेहरुको लागि मजाक र हाँसो बनि रहेको छ यो अभियान । हामी महिलामाथि हुने सबै प्रकारको हिँसा न्युनिकरण गरौँ भन्दै आवाज उठाई रहेका छौँ । यता देशब्यापी रुपमा नेपाल सरकारको कानूनलाई चुनौती दिने गरि महिला तथा बालिका बलात्कारको घटना भईरहेका छन । कति महिला, बालिकाले ज्यान गुमाउन पुगेका छन । जसले सबैलाई त्रासको वातावरण सृजना गरेको छ । अभियानले न हिंसा गर्नेको सोंचमा परिवर्तन गर्न सकेको छ, न त महिलाहरु सुरक्षित महशुस गर्न सकेका छन ।
हिंसा जसले भोग्छ उसैले मात्र महसुश गर्न सक्छ । अरुका लागि त केवल अन्दाज र मजाक मात्र हुने गरेको छ । हिंसाको पीडाले दिएको वास्तविक चोटको गहिराई नबुझ्दा यति बेला न्याय पाउने देखि कार्यक्रम बनाउने सबैका नतिजा शुन्य हुदै गएका छन । हिंसा पीडित महिलाको भोगाई या उसको अनुभव तपाई हामीमध्ये कत्तिले सुन्यौँ, के कानून निर्माणको प्रक्रियामा हामीले त्यस्ता महिलाहरुले राय सुझाव लिएका छौँ । आज पनि अनुमानको भरमा कार्यक्रमहरु बनाईन्छन र बजेट बाँडफाँड गरिन्छ । अनि खै त हाम्रो कार्यक्रमको प्रभावकारीता ? स्थानीय तह हुँदा पनि कार्यक्रममा भिन्नता आएको छैन । यसको कारण स्थानीय तहको नेतृत्वमा महिला नपुग्नु पनि हो । त्यसैले मलाई लाग्छ हामी हिजो जहाँ थियौँ आज पनि त्यहिं छौँ । बोलेर मात्र हुन्न व्यवहारमा नआएका कुराले खासै फरक पनि पार्दैन ।
हिजो म पनि बालिका किशोरी हुदै आज युवा अवस्थामा आई पुगेको छु । किशोरी हुदा मैले हिंसा,दुव्र्यवहारको महशुस गरेको छु । म माथि पनि हिंसा, दुब्र्यवहार भएको थियो । त्यो हिंसाबाट मुक्त हुन र मलाई मेरो सामान्य जीवनमा फर्कनको लागि चार बर्ष लागेको छ । अनि हिंसा पीडित व्यतिm र उसको परिवार यो समाजमा कसरी बाँच्छन् म नजिकबाट बुझ्न सक्छु । आज पनि महिला हिंसाको घट्नाहरु देख्दा सुन्दा, पढ्दा मनमा एक प्रकारको झड्का लाग्छ । तर आज म बिगत छोडेर निकै अगाडि आईसकेको छु । यसको मतलब म समालिन सक्छु ।
देशमा परिबर्तन आयो, सरकार फेरियो, व्यक्ति फेरिए तर किन फेरिएनन् ति नीति नियम र कानूनहरु, किन रोकिएनन् महिलामाथि हुने हिंसाको घटना ? कतै तपाई हामी नै यसको दोषी त छैनौं ? अब आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ । कतै हामी आफैंले खुलेआम रुपमा दोषीलाई बचाउ त गरिरहेका छैनौं ? कतै म त दोषी छैन । कतै मैले त पीडकलाई संरक्षण गरिरहेको छैन ? प्रश्न आफैतिर आएको छ । हामीसँग प्रति उत्तर समेत छैन । हाम्रो मौनताले समाज कतातिर जाँदैछ या हामीले समाज कतातिर लादैछांै ? बास्तबिता बुझेर पनि नबुझझंै गर्ने हामीले समाजलाई नांगो बनाईरहेका छौं ।
अहिले महिलाहरुले बलात्कार र छोटो लुगा लगाउने विषयलाई जोडेर आलोचना गरिदैछ । महिलाले लगाउने लुगा र यौन उत्तेजना कसरी सँगै लान खोजिदैं छ मैले बुझेको छैन । नेपालको संबिधान २०७२ को भाग ३ को धारा १६ मा सम्मान पुर्बक बाँच्न पाउने हक र धारा १७ मा स्वतन्त्रताको हक हुनेछ भनेर उल्लेख गरिएको छ । लुगा ब्यक्तिको स्वतन्त्रता हो जसलाई निर्धारण गर्ने अधिकार तपाई हामी कसैलाई पनि छैन । यदि आलोचकहरुले भनेकै कुरालाई नै मान्ने हो भने ५, ६ महिना ५, ६ वर्षका नानीहरु किन बलात्कृत भए ? तिनीहरुको लुगासँग के सम्बन्ध छ ? यो पनि बुझ्न पर्छ की । ९० वर्षसम्मका आमाहरु किन बलात्कारमा परे ? के तिनीहरुले पनि छोटो लुगा लगाएका थिए त ?
सडकमा कोहि महिला नांगै हिडेको देख्दा आँखा छोप्ने, लुगा खोजेर लगाईदिनेहरुले बलात्कारलाई कपडासँग जोड्दा सान्दर्भिक होला त ? लुगा हाम्रो बाहिरी खोल र आबरण हो । हामी हाम्रो इच्छा अनुसार लगाउन सक्छौं । खराब त महिलालाई हेर्ने नजर र गरिने व्यवहार हो । पहिले आफ्नो सोंच र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । सकारात्मक सोंचको बिकास गरौँ, महिला र उसको शरीरलाई हर्ने दृष्टिकोण परिवर्तन गरौँ, सकिन्छ महिला हिंसा न्युनिकरणको लागि सबैले सकेको सहयोग गरौँ, सकिदैन कानूनको दुरुपयोग नगरौँ ।

(कमल सरला रेडियो सिद्धवावामा कार्यरत पत्रकार हुन)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

पहिलो प्रादेशिक महोत्सवमा स्थानीय उत्पादनलाई प्रमुख प्राथमिकता दिइने

Next Post

हातेमालोले ल्यायो घरघरमा बजार पहुँच कार्यक्रम

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied