सिन्धुली/हातेमालो साना किसान कृषि सहकारी संस्थाले सहकारीको लगानीमा किसानले उत्पादन गरेका सामानलाई बजारसम्म जोड्न घर घरमा बजार पहँुचको कार्यक्रम ल्याइएको जनाएको छ । शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न संस्थाको ११ औं साधारणसभामा यस्तो जानकारी दिईएको हो ।
संस्थाका अध्यक्ष रामबहादुर विश्वकर्माको अध्यक्षता एवम् प्रदेश नं. ३ का सांसद प्रदीप कटुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकोे प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रामबहादुर विश्वकर्माले यस्तो जनाएका हुन । उनले किसानका उत्पादनले उचित बजार नपाएका कारण संस्थाले यस्तो कार्यक्रम ल्याएको जनाए ।
उनको प्रतिवेदनमा संस्थाले आगामी एक वर्षमा पशुपालन कर्जा कार्यक्रम, साना किसान युवा लक्षित कार्यक्रम, साना किसान नविकरणीय उर्जा कार्यक्रम, शत प्रतिशत अभियान, ‘हाम्रो शक्ति, विपन्नताबाट मुक्ति’—सदस्य वृद्धि अभियान,पशुधन सुरक्षण कार्यक्रम, सामाजिक सामुदायिक कार्यक्रम, सीप तथा क्षमता विकास कार्यक्रम, सुशासनमा आधारित कर्जा नोक्सानी व्यवस्था, ग्राहक पहिला रणनीति लगाएतका योजना बनाएको उल्लेख गरेका छन । उनले सहकारीले आर्थिक वर्ष २०७५÷०७६ लाई सुशासन अभियान वर्षका रुपमा कार्यक्रम गर्न लागेको बताए ।
साधारणसभामा संस्थाका कोषाध्यक्ष चुरामणी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले ७७ लाखको कारोबार संस्थाले गरेको जनाएका छन । संस्थाले आगामी वर्ष शेयर र बचत रकममा वृद्धि गर्ने जनाएको छ । साथै संस्थाले सदस्य संख्या तथा समूह संख्यामा समेत वृद्धि गर्ने कार्यनीति बनाएको उनको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार संस्थाले शेयर रकम ४७ लाखबाट बढाएर ७० लाख पु¥याउने, १ सय ४० समूह संख्याबाट २ सय समूह संख्या पु¥याउने, ३० लाख बचतबाट बढाएर ६० लाख पु¥याउने, सदस्य संख्या ९ सय ८२ बाट बृद्धि गरि १ हजार ५ सय पु¥याउने तथा व्यवसायीको संख्या १ सय ८८ बाट बृद्धि गरि ५ सय पु¥याउने लक्ष्य लिएको छ ।
यसैबीच उत्कृष्ट बचतकर्ता, उत्कृष्ट व्यवसायी, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता लगाएत विभिन्न विधामा रहेर उत्कृष्ट काम गरेका संस्थाका सदस्यहरुलाई सम्मान समेत गरिएको छ । यस्तै सहकारीका क्षेत्रमा कलमका माध्यमबाट योगदान पु¥याएको भन्दै पत्रकार सुजता लामालाई सम्मान गरिएको छ ।
यस्तैकार्यक्रममा सहकारीका सह–सचिव निर्मला गौतमले कमलामाई नगरपालिका २ भद्रकालीमा रहेको १ कठ्ठा जग्गा सहकारीलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी छिन ।
साधारणसभामा ३ नं. प्रदेश सांसद प्रदीप कटुवाल, कृषि सहकारी संघका ३ नं. प्रदेश अध्यक्ष प्रदीप कटुवाल, मानव अधिकारकर्मी सविता कोइराला, बचत तथा ऋण सहकारी संघका बिमला श्रेष्ठ नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने सहकारीका रामधन माझीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।




















