सिन्धुली । बाल विवाह न्यूनिकरणका लागि युवा महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कमलामाई नगरपालिका–११, जरायोटारमा सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा कोपिला युवा महिला समूहको आयोजना, प्लान नेपालको सहयोग तथा ओरेक नेपाल सिन्धुलीको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कोपिला युवा महिला समूहकी संयोजक विष्णुकुमारी कार्की (रजिता) को संयोजकत्वका सम्पन्न उक्त छलफल कार्यक्रमले बाल विवाह न्यूनिकरणका लागि युवा महिलाको सहभागितामा समूदायस्तरमा जनचेतनामूलका कार्यक्रम आयोजना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
अन्तरक्रिया कार्यक्रममा ४६ जना युवा महिलाको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण ओरेक नेपाल सिन्धुलीकी सहायक कार्यक्रम अधिकृत अनिता पहाडीले गरेकी थिइन् ।




















