सिन्धुली/सानिमा लाईफ इन्स्योरेन्सले सिन्धुलीमा शाखा स्थापना गरेको छ । करीब ४ महिनादेखि जिल्लामा सेवा दिईरहेको कम्पनीले घटस्थापनाको अवसर पारेर बुधबार सिन्धुलीमाढीमा आफ्नो शाखा कार्यालयको उद्घाटन गरेको हो । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदार र इन्स्योरेन्सका प्रदेश नं. ३ का प्रवन्धक सुवासु वासुले रिवन काटेर शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैदारले बिमा कम्पनीले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने र विमाका बारेमा बुझाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले विमा कम्पनीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन र नागरिक स्तरमा बुझाउन आवश्यक रहेको बताईन । उनले विश्वासको वातावरण बनाएर काम गर्नु कम्पनीका लागि चुनौती रहेको समेत औलाईन ।
कार्यक्रममा सेन्चुरी बैंक सिन्धुली शाखाका प्रमुख नबिन ढकाल, अभिकर्ताहरु गणेश प्र. देबकोटा, लाल बहादुर बुडाथोकीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शाखा कार्यालय स्थापनाका अवसरमा उत्कृष्ट १० जना अभिकर्तालाई कम्पनिको व्याग र टिर्सट तथा १० अभिकर्तालाई कम्पनिको टिर्सट उपहार दिई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण शाखा प्रवन्धक सुवास थापाले गरेका थिए ।




















