सिन्धुली । ६३ औं प्रहरी दिवस सिन्धुलीमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा विहिबार सिन्धुलीमाढीमा भएको कार्यक्रममा महिला तथा बालबालिका विरुद्ध हुने हिंसा नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरको भन्दै ४ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा लैंगिक हिंसा नियन्त्रण कार्यकारीणि समितिका शुशिला थिङ, कृष्णहरि घिमिरे, रश्मिला देवकोटा र बिमला पाण्डेलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रामेश्वर प्रसाद यादवको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अमर प्रहरी परिवार १३ जनालाई दोसल्ला ओढाई सम्मान समेत गरिएको छ । कार्यक्रममा विजयादशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
प्रहरी दिवसको उक्त कार्यक्रममा प्रमुख अतिथि ज्ञानप्रसाद ढकाल, कमलामाई नगरपालिका सिन्धुलीका कार्यवाहक मेयर मञ्जु देवकोटा, लैंगिक हिंसा नियन्त्रण कार्यकारी समितिका अध्यक्ष शुशिला थिङ, सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बहादुर हायु, पूर्व प्रहरी संगठनका अध्यक्ष रघु लामा, पत्रकार अनिल भण्डारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने डिएसपी लोकदर्शन थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इन्स्पेक्टर सोभा पाण्डेले गरेकी थिइन ।




















