सिन्धुली । दाह्री ग्याङ सिन्धुलीले आउँदै गरेको नेपालीहरुको महान चाड विजयादशमीको पूर्वसन्ध्यामा सिन्धुली जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
दाह्री ग्याङ सिन्धुलीको आयोजना तथा कृपा एग्रो ट्रेडर्स सिन्धुलीको प्रायोजनामा उक्त फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको हो । फलफूल वितरण कार्यक्रमलाई सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले सहजीकरण गरेकी थिईन् ।
विरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न प्रकारका २३ सेट फलफूल वितरण गरिएको दाह्री ग्याङ सिन्धुलीले जनाएको छ । डा. गौतमले विरामीहरुलाई फलफूल वितरण गरेकोमा आयोजक दाह्री ग्याङ सिन्धुलीलाई धन्यवाद दिएकी छिन् ।
यसैगरी कृपा एग्रो ट्रेडर्स सिन्धुलीका सञ्चालक सुवोध अधिकारीले विरामीहरुलाई फलफूल वितरण जस्तो पवित्र कार्यमा आफूलाई सरिक गराएकोमा दाह्री ग्याङ सिन्धुलीलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गर्न दाह्री ग्याङ सिन्धुलीलाई आग्रह गर्दै उनले यस्ता कार्यहरुमा आफ्नो निरन्तर सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
विभिन्न किसिमका सामाजिक काम गर्दै आएको दाह्री ग्याङ सिन्धुलीले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै अगाडि बढ्ने जनाएको छ ।


























