सिन्धुली/नापी कार्यालय सिन्धुलीले कार्यालयले प्रदान गर्ने सेवाका बारेमा अडियोबाट जानकारी दिन थालेको छ । कार्यालयले नेपाली, तामाङ, मगर र दनुवार भाषामा कार्यालयले दिने सेवाबारे जानकारी दिने गरेको छ ।
कार्यालयले कार्यालयमा आउने कतिपय सेवाग्राही पढ्न नजान्ने भएकाले र पढ्न आए पनि भाषाका कारण बुझाईमा समस्या पर्ने भएकाले अडियो विधिबाट कार्यालयले दिने सेवाबारे जानकारी दिन थालिएको कार्यालयका प्रमुख छत्रबहादुर लुङ्गेलीले बताए । कार्यालय समयमा यस्तो जानकारी गराउने व्यवस्था मिलाएको उनले बताए ।
नागरिक वडापत्रमा लेखिएका कुरा पढ्न नसक्ने र नेपाली भाषा सजिलै नबुझ्नेहरुलाई सहज होस भनेर विभिन्न भाषामा वडापत्र रेकर्ड गरिएको नापी प्रमुख लुंगेलीको भनाई छ । जिल्लामा बढि बाहुल्यता रहेको जातजातिलाई मध्यनजर गरेर वडापत्र रेकर्ड गरिएको उनले बताए ।
यसैगरि कार्यालयले सेवा ग्राहीकै सहजताको लागी टोकन प्रणालीको समेत सुरुवात गरेको लुङगेलीले जानकारी दिए । टोकन प्रणालीको सुरु भएसंगै अव सेवाग्राहिले आफ्नो पालो अनुसार सेवा लिन पाउने नापी कार्यालय सिन्धुलीका प्रमुख लुङ्गेलीले बताए । टोकन प्रणालीले पहँुच हुनेले पालो मिच्ने समस्या आउने छैन प्रमुख लुङ्गेलीले भने ।




















