• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मलाई सृष्टिको अपमान गर्दै रजदोष हटाउनु छैन 

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २९, २०७५
in Featured, Opinion
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
बिमला पाण्डे

म महिनावारी भएको २१ वर्ष भयो । मैले अहिलेसम्म ऋषि पञ्चमी व्रत, पञ्चमी नुहाउने र पूजा गर्ने पनि गरेको छैन । पहिलो त म आमाहरुले नुहाउने गरेको पञ्चमीको विधि विधान हेरेरै यतातिर ध्यान लगाईन । जब मलाई सामान्यत महिलाहरुले प्रजननका लागि परिपक्क बन्नुको संकेत भनेकै महिनावारी हो भन्ने थाहा पाएँ त्यसपछि झन यसतर्फ कहिले पनि सोचिन ।
महिनावारीलाई छाउ बार्ने वा छोइछिटो गर्ने चलन अत्यधिक छ । हिन्दु धर्म मान्नेहरु त झन यसलाई निकै पापका रुपमा लिन्छन । केटा मान्छेहरुसँग छोइन नहुने, पर बस्नुपर्ने, मिठो खान राम्रो लाउन नहुने, फोहरी भएर बस्नुपर्ने अझ कतिपय ठाउँमा त छाउगोठमा गएर बस्नुपर्ने, पोषिलो खानेकुरा खान नहुने लगाएतका अन्धविश्वासहरु व्याप्त छन । एकातिर स्वास्थ्यको दृष्टिबाट महिनावारीका बेला सरसफाई गर्नुपर्ने, आराम गर्नुपर्ने, पोषिलो खानेकुरा खानुपर्ने हुन्छ भने धार्मिक विश्वास यसको ठिक उल्टो छ ।
यहि उल्टो प्रक्रियालाई धार्मिक विश्वासका नाममा अंगिकार गर्दै जानु र पढेलेखेकाले समेत यसलाई विश्वासका रुपमा लिएका छन । जसको परिणाम स्वरुप अहिले पनि पञ्चमी पूजाले व्यापक महत्व पाईरहेको छ ।
हरितालिका तीजको पर्सिपल्ट पर्ने यो पञ्चमी पुजा रजदोष हटाउनका लागि गरिन्छ । प्रजनन क्षमताको विकास भएको खुशीयाली मनाउनुपर्नेमा महिलाहरु धार्मिक विश्वासलाई आत्मसाथ गर्दै महिनावारीलाई पापको रुपमा यो दिन पखाल्न खोज्दैछौं । एक वर्षमा १३ पटक महिलाहरु महिनावारी हुन्छन । तीनदिन बार्नुपर्ने परम्पराले पनि ३९ दिन यो प्रक्रिया रहला । त्यहि ३९ दिनको पाप पखाल्न महिलाहरुले ३ सय ६५ पटक माटो लगाई, उति नै पटक धोइपखाली गर्ने, ३ सय ६५ दतिवन चपाउने, त्यति नै संख्यामा बत्ति सल्काउले लगाएतका काम गरेर आफैलाई अपवित्र घोषणा गरिरहेका छन ।
सप्तऋषिको पुजा गरेर महिनावारी भएका बेला दुई दिनका दिन कुकुर्नी हुन्छे, तीन दिनका दिन धोविनी हुन्छे जस्ता कथा सुनेर आफ्नो अस्तित्व आफैले अस्वीकार गरिरहेका छन । आज पनि पढेलेखेका जमात नै महिनावारीको छोइछिटो बारिरहेका छन । यसको अर्थ हामी महिलाहरु कुसंस्कृति र आफैलाई अपमान गर्ने दिनलाई पर्वका रुपमा मनाईरहेका छौं ।
महिनावारीका बेला कोहि कसैलाई जान अन्जानमा छोएको पाप कटाउने नाममा पूजा गर्ने गरेका छौं । हामीले यो बुझ्न जरुरी छ की महिनावारी नभए हाम्रा पुरुष महोदय कसरी जन्मिए ? हामी कसरी जन्मियौं ? यदि महिला महिनावारी हुदैन थिई भने वा प्रजनन क्षमता राख्दिन थिइ भने बाँझी आरोपमा हिंसा खेप्नुपथ्र्यो खोइ त्यो हामीले सम्झेको । कतिपय दिदी बहिनीले आज पनि प्रजनन क्षमता नहुदा हिंसा खेपेका छन । बहुविवाह, अपमान, घरनिकाला जस्ता समस्याले रुदै हिजेका छन । अनि हामी महिनावारी भए अछुत भइने ? जताबाट पनि महिलालाई लाञ्छित गर्ने प्रचलन हाम्रो पुस्ताले छोड्न सक्नुपर्छ ।
मुलुकी फौजदारी संहिताले महिनावारीका बेला छुवाछुत गर्न नपाउने व्यवस्था गरेको छ । संहिताले महिनावारी तथा सुत्केरीका बेला भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नेलाई ३ महिना कैद सजाय तोकेको छ । अझ सरकारी जागिरमा रहनेका लागि त दोब्बर सजाय समेत तोकेको छ । यस्तै नेपाल सरकारले यो वर्षदेखि पञ्चमीको दिन दिने सार्वजनिक विदाको कटौती गरेको छ । यसले महिलाको स्वाभिमान रक्षाको आन्दोलनमा एक इटा थपेको छ ।
महिनावारीका बारेमा गाउँगाउँमा सचेतना फैलाउने काम अभियन्ताहरुबाट भएको छ तै पनि कठोर प्रचलनलाई अवको पुस्ताले त्याग्न सकेको छैन । पञ्चमीको दिन विदा कटौती भएकोमा केहि सरकारी कर्मचारी, शिक्षक महिलाहरुले विरोध गरेका स्वर पनि सुनिन्छन ।
हामीले महिनाबारी हुनु एउटा प्राकृतिक प्रकिया हो र यो कुनै पाप होइन । यो त बरु महिलाको निम्ति एकदमै खुशीको कुरा हो । भनेर बुझाउन निकै कठिन परिरहेको छ । जब यो पाप नै हैन भने पाप पखाल्न भन्दै ऋषि पञ्चमीको पूजा किन गर्नु ? भन्ने विषयमा जबसम्म बुझाउन सकिदैन कानुन बने पनि रजदोष कटाउने व्रत कायमै रहन्छ ।
मेरो मान्यता आस्था र श्रद्धा एक ठाउँमा छ, तर हुदै नभएको पापलाई पखाल्ने नाममा पूजा गर्नु पर्ने कुरामा म सहमत छैन अतः सृष्टिको अपमान गर्दै मलाई रजदोष कटाउनु छैन र पञ्चमी पूजा गर्नु छैन । मेरा छोरीहरुलाई पनि कहिल्लै यो बाटोमा हिड्न दिने छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मुलुकी संहिता अनुसार नागरिकता दिन गृह मन्त्रालयको पत्राचार

Next Post

नागरिक वडापत्रको सूचना अडियोबाट, चार भाषामा सूचना दिदै नापी कार्यालय

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied