सिन्धुली/कमलामाई नगरपालिका वडा नं. १२ धाङ्लेका अग्नि पीडित डोल वहादुर थापा मगरलाई सिन्धुली ट्रष्टले घर निर्माणका लागि जस्ता पाता सहयोग गरेको छ ।
यहि साउन ६ गते मगरको घरमा आगलागी भएको थियो । आगलागी पीडित थापालाई सिन्धुली ट्रष्टले बीस हजार पाँच सय रुपैया बराबरको जस्तापाता तथा काँटी र धुरीका लागि प्लेन सिट उपलव्ध गराएको हो ।
सिन्धुली ट्रष्टका अध्यक्ष उज्ज्वल विक्रम थापाले पीडितलाई जस्ता पाता हस्तान्तरण गरेका हुन । अध्यक्ष थापाले आफ्नो उद्देश्य पीडित कम्तीमा छाना मुनी वस्ने अवस्था वनोस भन्ने रहेको बताए ।




















