सिन्धुली/रेडियो शिद्धबाबा सिन्धुलीले नेपाली महिलाहरुको पर्व तीजको अवसरमा शनिबार सिन्धुलीमाढीमा तीज उत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभकामना आदन प्रदानसंगै तीज पहिरन प्रतियोगिता, फोटो सेसन र नृत्य प्रतियोगिता समेत गरिएको थियो । तीज पहिरन प्रतियोगितामा सुमिता राई प्रथम, पुजा मगर द्वितिय र दिपा चौलागाई तृतिय भएका छन ।
यस्तै तीज नृत्य प्रतियोगितामा सुमिता राई प्रथम, बिष्णु कुमारी चौलागाई, कृष्ण माया कार्की र दिपा चौलागाईको समुह द्वितिय र अनिसा श्रेष्ठ सावित्री क्षेत्री र सुजीता मगरको समुह तृतिय भएका छन ।
प्रतियोगीहरुलाई शनिवार नै पुरस्कार बितरण गरिएको छ । यस्तै फोटो सेसन प्रतियोगितामा भाग लिनेहरुको भने भदौ २७ गते नतिजा निस्कने र सोहि दिन पुरस्कार वितरण गरिने रेडियो सिद्धवावाका स्टेशन मेनेजर टिकाजंग थापाले बताए ।
तीज उत्सब कार्यक्रममा लोक दोहोरी गायक प्रकाश कटुवाले तीज बिशेष गीत प्रस्तुत गरेर कार्यक्रममा सहभागिहरुलाई नचाएका थिए भने सहभागिहरले सामुहिक नृत्य समेत गरेका थिए ।




















