सिन्धुली l सिन्धुली सदरमुकाम माढीबजारस्थित गौमती नमुना माविमा सोमबार निःशुल्क मुख तथा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा विद्यालयमा कक्षा ९ देखी १२ सम्म अध्ययनरत विद्यार्थी तथा विद्यालयमा अध्यापनरत शिक्षक गरी जम्मा १ सय ६० जनाले मुख तथा दन्त परीक्षण गरेका छन् ।
सिन्धुलीगढी ओरल एण्ड डेन्टल क्लिनिक प्रा.ली. सिन्धुलीको आयोजना तथा ट्राभल डेन्टिष्ट्री नेपालको प्राविधिक सहयोगमा उक्त शिविर कार्यक्रम सम्पन्न भएको हो । शिविरमा डेन्टल सर्जनहरु डा. धनकुमारी मानन्धर, डा. नमिता बराल, डा. शंकर श्रेष्ठ, डा. पवित्रा रोमी, डा. अमिता श्रेष्ठ, डा. म्याडी यार्सी लगायतले सेवा प्रदान गरेका थिए ।
यसैगरी उक्त शिविरमा परीक्षण गराएका सम्पूर्ण विदार्थीहरुलाई सिन्धुलीगढी ओरल एण्ड डेन्टल क्लिनिक प्रा.लि. ले आगामी १० प्रतिशत छुटका साथ सेवा प्रदान गर्ने क्लिनिकका बजार व्यवस्थापक सविन कुमार श्रेष्ठले जानकारी दिए ।
यसैबिच सिन्धुलीगढी ओरल एण्ड डेन्टल क्लिनिक प्रा.ली.कै आयोजनामा आइतबार भगवती अंग्रेजी आवासिय माविमा पनि निःशुल्क दन्त शिविर सञ्चालन भएको थियो । जसमा ६० जना विद्यार्थीहरुले दन्त परीक्षण गरेको समेत बजार व्यवस्थापक श्रेष्ठको भनाइ छ ।






















