सिन्धुली । भद्रकाली यातायात प्रा.लिको आयोजनामा सिन्धुलीमाढीमा खुला फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार दिउँसो सुरु भएको फुटबलको उद्घाटन कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग बहादुर खत्रीले बल हानेर गरेका छन ।

कमलामाई नगरपालिका वडा नं. ६ स्थित खुलामञ्चमा खेलको उद्घाटन गरिएको प्रालिका अध्यक्ष रेखा गौतमले बताईन । उद्घाटनपछि आयोजक टिम र सिलामेको टिमबीच भएको खेलमा आयोजकले ५–० गोलअन्तरले सिलामेको टिमलाई पराजित गरेको छ ।
शनिबार १ बजेदेखि प्रतियोगितामा २ खेल हुने आयोजकले जनाएको छ । खेलमा २७ टिमको सहभागिता रहेको समेत अध्यक्ष गौतमले बताईन । खेलमा प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई १५ हजार र तृतिय हुने टिमलाई ७ हजार नगद पुरस्कारको व्यवस्था गरिएको पनि उनले बताईन ।
कार्यक्रम नेपाल आईसको मुख्य प्रायोजन तथा सिताराम पार्टी प्यालेस लगाएतको प्रायोजनमा भएको हो ।




















