सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा स्थापित सिन्धुलीगढी ओरल एण्ड डेण्टल क्लिनिक प्रा.लि. सिन्धुलीले आफ्नो सेवा सुचारु गरेको छ । क्लिनिकले आइतबार एक औपचारिक कार्यक्रमका बीच सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले उद्घाटन गरेसँगै सेवा सुचारु गरेको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बैदारले क्लिनिकले सिन्धुली जिल्लाबासीमा प्रत्यक्ष छाप पारी आफ्नो सफलता देखाउनेमा आफू विश्वस्त रहेको बताए । उनले यस्तो सेवामूलक क्षेत्रमा उद्योग वाणिज्य संघलाई पनि सहभागि हुने मौका प्रदान गरेकोमा क्लिनिक संचालकलाई धन्यवाद समेत ज्ञापन गरे ।
कमलामाई नगरपालिका –६, स्टलबजारमा स्थापित क्लिनिकले उद्घाटनको अवसरमा २०७५ भदौ मसान्तसम्म निःशुल्क मुख तथा दन्त परीक्षण र उपचारमा १० प्रतिशत छुटको व्यवस्था गरिएको सिन्धुलीगढी ओरल एण्ड डेण्टल क्लिनिक प्रा.लि. सिन्धुलीकी संचालक डा. धनकुमारी मानन्धरले जानकारी दिइन् । डेन्टल सर्जनहरुको प्रत्यक्ष निगरानीमा मुख तथा दाँतका विरामीहरुको उपचार गरिने बताउँदै उनले प्रभावकारी सेवा प्रदान गर्न आफूहरु सधैँ प्रतिबद्ध रहेको समेत जानकारी दिइन्् ।






















