
कमलामाई नगरपालिका सिन्धुली ।
विक्रम संवत २०२२ साल फागुन १५ गते हालको कमलामाई नगरपालिका७ गडौलीमा वुवा नरवहादुर खत्री र आमा खिनेश्वरी खत्रीका कान्छा छोराका रुपमा जन्मीएका खड्गबहादुर खत्री संघिय संरचना अनुसार स्थानीय तह बनेपछि कमलामाई नगरपालिका सिन्धुलीका पहिलो मेयर हुन् । कमलामाई नगरलाई संमृद्ध वनाउने चुनावी घोषणा पत्र सहित उनले नेकपा एमालेको उमेदवारका रुपमा निर्वाचित हुने अवसर प्राप्त गरेका हुन् । मेयरमा चुनिएर आएपछि उनले निर्वाचित मेयर भएर नगरको जिम्मेवारी समोलेको झण्डै १५ महिना हुदैछ । यो अवधिमा कमलामाई नगरपालिका सिन्धुलीलाई विकासको गतिमा अगाडि वढाउँदै हालसम्म नगरपालिकामा भएका कामहरुको फेरो फेरोमा प्रभात समाचार दैनिकका लागि प्रधान सम्पादक द्वारिका काफ्लेले गरेको कुराकानीको सार संक्षेप प्रस्तुत गरीएको छ ।
० कमलामाई नगरपालिकाको मेयरमा निर्वाचन भएपछिका एक वर्षलाई कसरी मुल्याङकन गर्न हुन्छ ?
हामी स्थानीय तहमा जनप्रतिनिधी भएर आउँदा स्थानीय निकाय जनप्रतिनीधि विहिन भएको लामो समय भएको थियो । हामी निर्वाचित हुदाका वखत जनता अन्यौल ग्रस्त अवस्थामा थिए । जनतामा २०७२ साल वैशाख १२ र २९ गतेको विनासकारी भुकम्पको पिडा पनि उत्तीकै थियो । भुकम्पका लाभग्राहिले घरवनाउनका लागि सडको विषयमा अन्यौलता थियो । हामीले पहिलो चरणमा जनताका ततकालका समस्या हल गर्ने प्रयत्न ग¥यौं र सफल पनि भयौं । निर्वाचित भएका हिसावले हाम्रो कार्य अवधि एक वर्ष वढी भएपनि कामका हिसावले एक आर्थिक वर्षको वजेट संचालन गरेका छौं । यो आर्थिक वर्षमा केही आधारभुत काम हामीले ग¥यौं ।
जनताका अन्यौलता हटाउने प्रयत्न गरौं । हामी आउँदा स्थानीय तहमा कानुनको अभावमा काम गर्न अन्यौल थियो । अत्यावश्यक कानुन निमार्ण गरी हाम्रो गतिलाई अगाडि वढाउने काम भयो । अझैपनि केन्द्रिय सरकार तथा प्रदेश सरकार संग सम्वन्धीत कतिपय कानुनका कारण अन्योलता कायमै छ । प्रदेश कानु निमार्ण भएपछि यो हट्छ । एक वर्षको समय अवधि हेर्दा जनताले देखिने जे जति काम भएका छन त्यो भन्दा धेरै आन्तरिक व्यवस्थापन भएको छ । त्यसैले हामी काममा सन्तोष जनक नै भएको महसुस गर्दै छौं ।
० निर्वाचित भएर आए पछि नगरवासीले अनुभुत गर्ने खालका के कस्ता काम गर्नु भयो ?
निर्वाचित भए पछि अहिले सम्मको समय हाम्रा लागि निकै महŒवपूर्ण र चुनौतीपूर्ण रह्यो । हामी आउँदा स्थानीय सरकार सञ्चालन ऐन नै जारी हुन नसकी रहेको अवस्था थियो । स्थानीय तहका जनप्रतिनिधिहरू कानुनको अभावमा के गर्ने के नगर्ने भन्ने स्थितीमा वस्नु प¥यो यो अवस्था २०७४ को असोजसम्म हामीले भोग्यौं । स्थानीय तहको निर्वाचन लगत्तै प्रदेश र संघको निर्वाचन पनि भएका कारण समयमा स्थानीय तह सञ्चालन कार्य्विधि बनेर आउन सकेन । यद्यपी हामीले कमलामाई नगरपालिकाको समग्र विकासको खाका तयार पार्न गुरुयोजना तयार गरेका छौं । गुरु योजना अनुसार नगरपालिका भित्रको समग्र क्षेत्रलाई विभाजन गरी बसोवास क्षेत्र, बजार क्षेत्र, औधोगिक क्षेत्र छुट्याई दीर्घकालीन र दिगो विकासका लक्ष्य समेटेर हामी अघि वढ्ने छौं । सिन्धुली जिल्लाको मुख्य पर्यटकीय क्षेत्र मानिएको ऐतिहासिक सिन्धुलीगढीको संरक्षण र पुनर्निर्माण गुरुयोजना निमार्ण पनि अन्तिम चरणमा पुगेको छ । गैर आवसीय नेपाली संघको सहयोगमा यो तयार भइरहेको छ ।
अव्यवस्थित बसपार्कलाई व्यवस्थित निर्माण, फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण, सिन्धुलीगढी क्षेत्रको तारबार गर्ने काम सम्पन्न भएका छन् । बीपी राजमार्गमा पर्ने घरजग्गाको मापदण्ड तोकी घर निर्माणका लागि नक्सा पास र अनुमति दिने काम भएको छ । भूकम्प गएको तिन वर्ष वित्दासमेत नगरको मापदण्डअनुसार बाटो नभएकाका लागि कार्य्विधि बनाएर निजी आवास निर्माण गर्न अनुमति दिइएको छ । विपी राजमार्गसंग जोडिएका सहायक सडक, सिन्धुली चकमके सडकको डीपीआर तयार भएको छ । नगरका सबै वडामा विद्युत् सेवा विस्तार सुरु भएको छ । घरेलु तथा साना उद्योगहरू नगरकै सहयोगमा सञ्चालन गर्न प्रोत्साहित गरिएको छ ।
० कमलामाई नगरपालिकाको विकासमा दुरगामी असरपार्न दिर्घकालिन खालका के कस्ता योजना छन?
यो नगरपालिका भौगोलिक रुपमा निकै विकट स्थानहरु भएको नगरपालिका हो । यस नगरपालिकालाई हामीले चाहेर पनि एक वा दुई वर्षमा समग्र विकास गर्न सकिदैन तर त्यसो भन्दैमा नगरलाई समग्रमा कति वर्षमा कस्तो वनाउन सकिन्छ भन्ने योजना वनाउने कर्तव्य पनि हाम्रो हो । तसर्थ हामीले नगरपालिकाको विकासका लागि केहि दिर्घ कालिन योजना समेत वनाएका छौ जसले यो नगरको मुहार फेर्न सकोस । हामीलेजसका लागि ऐतिहासीक सिन्धुली गढीलाई पर्यटर्कीय गन्तव्यका रुपमा विकास गर्ने । कमलामाई मन्दिर नजिकै ग्वाङ खोलामा ड्याम कसेर त्यसमा वोटीङ सहितको जल सयर स्थाल निमार्ण गर्ने कमलामाई मन्दिर आसपासमा पिकनिक स्थलहरु निमार्ण गर्ने र धार्मीक पर्यटकहरुलाई आकर्षण गर्ने , सिद्ध्वावा मन्दिर नजिकै भ्यू टावर निमार्ण गर्ने जस्ता दिर्घ कालिन योजना नगरपालिका ले वनाएको छ । त्यसै गरी कमलामाई नगरपालिकाको पहिलो नगरसभाले पारित गरेको चियावारी खुर्कोट सडकलाई केन्द्रिय सरकारको सहयोगमा योवर्षवाट अध्ययन सुरु हुदैछ । कनपा ५को सिलामे हुदै वडानं. ८ वाट सर्लाही सम्म जोड्ने मार्गको ट्याक खन्ने काम भएको छ । वडा नं. ७को गडौली हुदै गोलन्जोरको चिस्यान्त भञ्ज्याङ सम्मको वैकल्पीक मार्गको पनि ट्याक खोल्ने काम भएको छ । विद्युत चोक देखि कनपा १२ सम्मको सडक आगमी ३ वर्ष भित्र कालो पत्रे सम्पन्न गर्ने लक्ष छ । सिन्धुली गढीलाई पर्यटकीय गन्तव्य वनाउन पूर्वाधार निमार्ण जस्ता योजना वहुवर्षिय रुपमा सम्मन्न गरिने छ । नगर पालिका क्षेत्रका मुख्य वजार तथा घना वस्ती भएका क्षेत्रमा आगामी २ वर्षमा सडक कालो पत्रे सम्मन्न गरिने छ साथै औद्योगिक क्षेत्रको विकास गर्ने र नगरपालिकालाई विभिन्न क्षेत्रमा आत्मनिर्भर वनाउने योजना रहेका छन् ।
० कमलामाई नगरपालिका जिल्ला सदरमुकाम समेत रहेको नगरपालिका हो । जिल्लाका विभिन्न क्षेत्रका विद्यार्थी उच्च शिक्षाका लागि अन्यत्र जाने गर्दछन् । यस्ता विद्यार्थी लाई सदरमुकाममै रोक्न शिक्षा संग सम्वन्धीत के के योजना छन् ?
वास्तवमा यो सवै भन्दा महत्वपूर्ण सवाल हो । जिल्लाका अन्य गाउँपालिका र नगरपालिकामा विद्यालय शिक्षा सकेका कमलामाई नगरपालिका वाहिरका विद्यार्थीलाई कमलामाई नगरपालिकामा नै अध्ययन गर्ने वातावरण वनाउनु पर्छ भन्ने ुकरामा हामी निकै सम्वेदन सिल भएका छौ । यसैले हामीले कमलामाई नगरपालिकालाई प्राविधिक शिक्षाको एउटा हवको रुपमा विकास गर्नु पर्दछ । सिन्धुली जिल्ला वाहिरवाट समेत प्राविधिक शिक्षा आर्जन गर्न कमलामाई नगरपालिका आउन । यो अभिष्ठ पुरा गर्न कमलामाई नगरपालिका भित्र संचालनमा रहेका विद्यालयहरुमा प्राविधीक विषय समावेश गरी पठनपाठन सुरु गरिएको छ ।
यस नगरपालिकाको नुनथलामा संचालित पोलिटेक्नीक इस्टीच्युटलाई प्राविधिक विश्व विद्यालय वनाउनका लागि साथीहरुले प्रकृया नै अगाडि वढाई सक्नु भएको छ । त्यसैगरी विगत वर्षवाटै प्राविधिक शिक्षा दिदै आएको मावि फोस्रेटारमा ३ वर्षे पशु विज्ञान, कमला जनज्योति मावि सिलामेमा ३ वर्षे वन विज्ञान, मावि गडौलीमा ३ वर्षे सर्वे इन्जीनियरको डिप्लोमा कक्षाहरु यसैवर्षवाट सुरु हुदै छन् । त्यसै गरी गौमति मावि माढीवजारमा सवइन्जीनियर, मावि रानिवासमा जेटिए कक्षा यस अघि देखिनै संचालनमा छन् । आगामी वर्षवाट कमलामाई नगरपालिकाको पहलमा सिन्धुली अस्पतालमा स्टाफनर्सको समेत पठनपाटन सुरु गर्ने योजना वनाईएको छ । सिन्धुलीमा संचालित प्राविधिक शिक्षालयले यस अधिका वर्ष देखिनै अनमी, अहेवका अक्षा संचालन गर्दै आएको छ ।
माथि उल्लेखित विषय प्राविधिक विषय संग सम्वन्धीत कुरा भयो । कमलामाई नगरपालिका भित्र सिन्धुली वहुमुखी क्याम्पसमा एमए, एमएड, एमविएस सम्मको पठनपाठन भईरहेको छ । सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा एमएड सम्मको पठाई भई रहेको छ भने कमलामा विएससी, गौमतिमा विविएस, भिमानमा विएडका कक्षा संचालन भएका छन् । यसैले जिल्लाका सवै विद्यार्थीका लागि कमलामाई नगरपालिकामा सवै खालका शिक्षाको व्यवस्था भएको छ ।
० नगरपालिका क्षेत्रमा पठनपाठन गर्ने साना वालवालिकाका लागि नगरपालिकाले केकस्ता शैक्षिक योजना अगाडी सारेको छ ?
कमलामाई नगरपालिका भित्र संचालित सवै सामुदायिक विद्यालयमा पठनपाठन गर्ने साना वालवालिकाले एकै खालको शिक्षा पाउन भनेर सवै विद्यालयको वाल कक्षा उनिहरुले अध्ययन गर्ने अध्ययन सामाग्रि र एकै खालको पठनपाठनको व्यवस्था नगरपालिकाले गर्दैछ । सवै सामुदायिक विद्यालयलाई फुसको छानावाट यसै वर्षवाट जस्ताको छानामुनी ल्याउन वजेटको व्यवस्था गरिएको छ । नगरपालिकाको गुणस्तरिय शिक्षाका लागि कक्षा ३मा वडास्तरिय परिक्षा कक्षा ५मा स्रोत केन्द्र स्तरिय परिक्षा र कक्षा ८ मा नगरस्तरिय परिक्षाको व्यवस्था गरिएको छ ।
0 नगरपालिकाको समग्र सुचक केहो र कसरी पत्ता लगाउनु हुन्छ कुनकुन क्षेत्रको अवस्था कस्तो छ भनेर ?
वास्तवमा हाम्रो नगरपलिकामा कुन क्षेत्रको अवस्था कस्तो छ भन्ने अन्योल भएका कारण यसै वर्ष हामीले समग्र नगरपालिकाको अवस्था चित्रण हुने गरी सवैका घरघरमा टोली खटायर तथ्याङक संकलन गरेका छौं । यसले हामीलाई कहाँको र कुन विषयमा के अवस्था छ तथ्य पहिल्याउन सजिलो भएको छ । जसले गर्दा अवको विकासलाई अगाडि वढाउन सहज भएको छ ।
० उज्यालो नगरका लागि तपाईका योजनाहरू के के छन् ?
आगामी दिनमा हामी पूर्वाधारका क्षेत्रमा भौतिक निर्माणमा जोड दिन्छौं । सडकको स्तरोन्नति, ढल निर्माण, कालोपत्रेलगायत कामलाई तीव्र गतिमा अघि बढाउने छौं । नगरमा व्यवस्थित बसोबास गराउँदै सबैका घरघरमा सडक, बिजुली र खानेपानीको प्रबन्ध मिलाउनेछौं । सरकारी र सामुदायिक विद्यालयलाई व्यवस्थित र गुणस्तीय बनाइनेछ । उज्यालो नगरअन्तर्गत नगरभित्रका सम्पूर्ण सार्वजनिक स्थानमा सोलार तथा बिजुली बत्ती जडान गरिनेछ । आगामी २ वर्ष भित्र नगरपालिकाका सवै घरमा विद्युतको पहुच पुग्ने छ । नगरभित्र व्यवस्थित रंगशालाको निर्माण थालिनेछ । सिन्धुलीगढीको पुनर्निर्माण थालिनेछ । सबै वडामा १२ महिना यातायातका साधन सञ्चालन हुने गरी सडक व्यवस्थित गरिनेछ । ३ वर्ष भित्रमा नगरपालिका भित्रका सवै फुसका छाना हटाईने छ सवै जनतालाई जस्ताको छानामुनी ल्याउने योजना छ । एक घर एक रोजगारको अभियानका लागि यसै वर्षवाट ५० लाख रुपैयाँ खर्च गरी सीपमूलक तालिम र व्यावसायिक दक्ष जनशक्ति उत्पादन गर्न तालिमको सुरुवात हुदैछ । भिमानमा बैकल्पिक बसपार्क निर्माण गरिनेछ ।
० स्वास्थ्यसंग सम्वन्धी केकस्ता काम हुदैछ ?
कमलामाई नगरपालिकामा जिल्ला अस्पताल ५१ शैयाको छ । यसलाई व्यवस्थीत गर्ने काम सुरु भएको छ । यसै अस्पताल मार्फत सवैखालका विशेषज्ञा सेवा जनतामा पु¥याउने हाम्रो प्रमुख लक्ष हो । यो वाहेक वडा नं. ९ भिमानमा, ११को रानिचुरी १को मझिनी दमार, २ को निवुवाटार ३ को चपौलिमा रहेका स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थीत गर्ने र अन्य वडामा जहाँ स्वास्थ्य संस्था छैन त्यहाँ शहरी स्वास्थ्य क्लिनीक संचालन गर्ने योजना वनाई कार्य सुरु भएको छ । हाल सम्म वडा नं. १३ वाहेक सवै वडामा शहरी स्वास्थ्य क्लिनिकस्थापना भई सकेको छ । यो वर्ष वाँकी रहेको वडा नं. १३ मा पनि शहरी स्वास्थ्य क्लीनिक संचालन हुन्छ ।
० नगर क्षेत्रको विकासका लागि संघिय सरकार र प्रदेश सरकारसँग कसरी समन्वय हुदैछ ? सहकार्य कस्तो छ ?
स्थानीय तहवाट संभव नहुन योजनाहरुलाई प्रदेश र संघिय सरकारसंग जानु पर्ने हाम्रो वाध्यता छ नगरले बीपी राजमार्गको बैकल्पिक व्यवस्थाका लागि चियाबारी–खुर्कोट सुरुङमार्ग, कमलानदीमा पक्कीपुल, सिन्धुलीगढीको पुनिर्माण, सिन्धुली–चकमके सडक, विद्युत् अन्डरग्राउन्ड गर्नेजस्ता कामका लागि नगरले केन्द्र र प्रदेश सरकारसमक्ष माग गरेको छ । बीपी राजमार्गअन्तर्गत पर्ने घरजग्गालाई व्यवस्थित गर्न १५,१५ मिटर बाटो कायम गरी ६,६ मिटर सेटब्याक कायम गर्न र हेटौंडा–सिन्धुली–चतरा सडकलाई धुराबजारको बैकल्पिक स्थान कायम गर्न माग गरिएको छ ।
० कृषिमा आत्मनिर्भर बनाउन के के कार्यक्रम ल्याउनुभएको छ ?
यस नगरपालिका भित्रका वजारमा आउने अधिकास तरकारी तराई तथा वाहिरी जिल्लावाट आउने गरेका छन् । यसलाई अन्त्य गरी समग्र तरकारीको माग स्थानीय उत्पादनवाटै पुरा होस भन्ने उद्देश्यले तरकारी उत्पादनको पकेट क्षेत्र निधारण गरी तरकारी खेती सुरु गरीएको छ । त्यसै गरी दुध र मासुमा आत्मनिर्भर वनाउने गरी काम अगाडि वढाईएको छ । तरकारी खेतिको काम यो वर्षवाटै सुरु भएको छ । अर्को वर्ष सम्ममा तरकारीमा आत्मनिर्भर हुने विश्वास छ । नगरकै सहयोगमा यसै वर्षबाट ११ बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती थालिएको छ ।
कमलामाई नगरपालिकाले ८ वटा पकेछ क्षेत्र निर्धारण गरेको छ । जसमा तरकारीका २, भुइकटहर २ आलु १, धान १, अदुवा १, वाख्रापालन पकेट क्षेत्र १ रहेका छन । जसमा प्रत्येक पकेट क्षेत्रका लागि एक जन जेटिएको समेत व्यवस्था गरिएको छ ।
० सडकको व्यवस्थापनका केही काम भएका छन् की ?
समग्र सडकलाई हामीले ३ भागमा विभाजन गरी व्यवस्थापन गर्ने योजना वनाएका छौं । जसमा नगर स्तरिय सडक ८ देखि १२ मिटर सम्मको हुनेछ । वडास्तरिय सडक ८ देखि १० मिटर सम्मको हुनेछ । टोल स्तरिय सडक ४ देखि ६ मिटर सम्मको हुने गरी नितिगत व्यवस्था गरेका छौं । यसले सडक सम्वन्धी अन्योलता हटेको छ ।
० नगरपालिकाले खेलकुदको विकासका लागि के कदम अगाडि वढाएको छ ?
कमलामाई नगरपालिका भित्र एक व्यवस्थीत रंगशाला निमार्ण गर्ने र त्यहाँ खेलकुदका गतिविधि संचालन गरी विकास गर्ने योजना वनाएको छ । यो वाहेक मेयर कप फुटवल तथा व्याटमिन्टन प्रतियोगिता यसै वर्षवाट सुरु गरीएको छ ।



















