• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लोप हुँदै पराम्परागत मौलिक प्रविधी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन ५, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । भनिन्छ ‘मानिसका लागि स्वपहिचान र मौलिकता सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ आफ्नो पहिचान बचाउन आफ्ना मौलिक सीप, बुद्धि–वर्गत र प्रविधिले पनि सहयोग गर्दछ । आफ्नो सीपबाट सिर्जित रैथाने प्रविधिको माध्यमद्धारा नै मानिसले आफ्नो गाउँ ठाउँ र स्वयम् आफ्नो पहिचान बनाउन सक्छ ।

तर, आधुनिकतासँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनले पछिल्लो समय सिन्धुली जिल्लाका ग्रामीण क्षेत्रमा रहेका रैथाने प्रविधि अतिक्रमित भएको छ । यसले परम्परागत घरेलु मेसिनहरू हराउँदै मात्र छैनन्, ग्रामीण पहिचान मेटिंदै गएको छ । यसप्रति स्थानीय समुदाय सचेत भएको पाइँदैन भने सम्बन्धित निकायहरू भने मौन रहेको अवस्था छ ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौँ भइसकेको छ । अघिल्लो पुस्तासम्ममा ऊखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनको रूपमा रहेको कोलको अस्तित्व पूर्णरूपमा समाप्त भएको छ । यसका ठाउँमा नयाँ मेसिनहरूको प्रयोग हुन थालेका छन ।

तोरी पेल्ने घरेलु कोल

धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि बिरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने स्याखु(घुम)को ठाउँ अहिले प्लाष्टिक, छाताले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् । आधुनिक प्रविधिको विकास हुनु अघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवम् निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानी घट्टहरू लोप हँुदै गइरहेका छन् ।

घुम बुन्दै एक स्थानीय 

करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेकोमा स्थानीयहरु चिन्ता व्यक्त गर्न थालेका छन । आधुनिक मेसिनहरू छिटो र सजिलो भएपनि यसमा उत्तिकै जोखिम हुनुको साथै सबैको पहुँचमा नहुनु, ठूलो धनराशि विदेशिनु, गुणस्तरीय नहुनेजस्ता समस्याहरू रहेको स्थानीयहरु बताउछन ।

परम्परागत ढिकी जाँतो

दैनिक प्रयोगका विभित्र आधुनिक मेसिन भित्रिए पनि यस क्षेत्रका घरेलु मेसिनको आफ्नै खाले विशेषता रहेको स्थानीय बासिन्दा बताउँछन् । ‘घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवम् गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्छ’ दुधौली नगरपालिका–३ का घनश्याम बस्तेत भन्छन, ‘घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महङ्गो एवम् खर्चिलो छ ।’ लोप हँुदै गइरहेका यी मेसिनको संरक्षण र प्रबद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढावा दिइनुपर्ने उनको सुझाव छ ।

आरन

प्रायः सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि रहेको जानकारहरूको तर्क छ । सामूहिक प्रयोगका माध्यमबाट घरेलु मेसिनले आपसी सम्बन्धमा निकटता ल्याई सामाजिक सहयोग एवम् सद्भाव वृद्धि गर्ने उनीहरूको तर्क छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु मेसिन लोप हँुदै गएपछि मौलिक संस्कृति समेत प्रभावित भएकामा यस क्षेत्रका सांस्कृतिक प्रेमीहरू चिन्तित बनेका छन् ।

पानीघट्टा

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धरासायी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याती कमाएको लोकबाजाहरू खैंजडी, मादल, डम्फू, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको अवस्था छ ।

स्थानीय प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको छ । गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राढीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका छन् । स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि रैथाने प्रविधिहरूको अस्तित्व हराउन थालेको छ ।

परम्परागत लोकबाजा

यस क्षेत्रको परम्परागत सभ्यता, मौलिक कला र संस्कृतिको समेत अध्ययन गर्न सकिने घरेलु मेसिनको संरक्षणलाई सबै क्षेत्रबाट प्राथमिकता दिनुपर्ने देखिन्छ । स्थानीय मौलिक सीप, प्रविधिहरूको संरक्षणका लागि परम्परागत मेसिनको नमुना सङग्रहालय स्थापना गर्न सकिएमा भावी पुस्ताका लागि अध्ययन, अनुसन्धान गर्न र इतिहासलाई जीवित राख्न सहयोग पुग्नेछ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिण प्राकृतिक स्रोत व्यवस्थापन कलेज अनिश्चितकालिन बन्द

Next Post

कमलामाई नगरपालिकालाई प्राविधिक शिक्षाको हवका रुपमा विकास गर्छौं

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied