सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले वातावरण दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीलाई शव वाहन हस्तान्तरण गरेको छ । जिल्लामा शव वाहन नहुँदा समस्या भएको भन्दै नगरपालिकाले नेपाल सरकारको पूर्ण भन्सार छुटमा शव वाहन खरिद गरि मंगलबार शव वाहन हस्तान्तरण गरेको हो ।

जिल्ला अस्पताल सिन्धुलीमा रहने गरि र व्यवस्थापनको जिम्मेवारी रेडक्रसलाई हुने गरि शव वाहन हस्तान्तरण गरिएको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले बताए ।
मेयर खत्रीले १२ लाख रुपैयामा खरिद गरिएको उक्त शव वाहनको साँचो रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । यस अघि जिल्लामा शव बोक्ने सवारी साधान थिएन ।



















