सिन्धुली/ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले समयमा नै निर्माण कार्य सम्पन्न नगर्ने १६ वटा निर्माण कम्पनीलाई कारवाहिको लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका नाँै वटा स्थानीय तहबाट प्राप्त विवरण अनुसार काम नगर्ने ठेकेदार कम्पनी र ठेकेदारको नाम सिफारिस गरि पठाएको जनाएको छ ।
कार्यालयले सम्झौता अनुसार समयमा काम नगर्ने १९ वटा आयोजनाका १६ निर्माण कम्पनीहरुलाई कारवाहिको सिफारिस गरेको हो । कारवाहिको सिफारिस गरिएका निर्माण कम्पनीहरुमा केएस देवीरमण जेभी, विजी निर्माण सेवा, आत्रेय निर्माण सेवा प्रा.ली, सुभम निर्माण सेवा, धुलीखेल शिवशम्भु÷कुँवर जेभि, शिखर निर्माण सेवा, सिद्धवावा आत्रेय नवयुग जेभि, स्वच्छ निर्माण सेवा काठमान्डौ, पप्पु लुम्बिनी जेभि, गौरी पार्वती÷निलगिरी नेश्नल जेभि, पप्पु नेपाल प्रगति जेभि, सव उद्धार सगरमाथा जेभि, सुनौलो खिम्ती कन्ट्रक्सन, विरुवा कन्ट्रक्सन प्रा.लि, सूर्य÷केएम जेभि र कन्काई÷थापा जेभि रहेका छन ।
कुन कुन योजना अलपत्र ?
निर्माण कम्पनीहरुले समयमा काम नगरेका योजनामा डाँडी खहरे मझिनी दमार सडक, मधुटार रातामाटा सडक निर्माण भएका छैनन । यस्तै गाविस भवन डुँडभञ्ज्याङ, स्वास्थ्य चौकी भवन स्वल्पाठाना, गाविस भवन झाँगाझोली रातमाटा, गाविस भवन बस्तीपुर, कोलेनिका भवन, जिल्ला प्रशासन कार्यालयको भवन, भवनाी उमावि तिनपाटनको भवनको समयमा काम हुन सकेको छैन ।
यसैगरि जिल्लामा पाँचवटा पुल निर्माणको काम पनि अलपत्र छ । ठेकेदार कम्पनीको लापरवाहिका कारण कमला नदिको पुल, बाग्मति नदिको पुल, ककुरठाकुरको पुल, खाङसाङ सोखु पुल, बादुरे पुल समयमा निर्माण सम्पन्न हुन सकेको छैन । त्यस्तै खुर्कोट घुर्मि सडकको प्रोटेक्सनको काम पाएका सुनौलो खिम्ती कन्ट्रक्सन, विरुवा कन्ट्रक्सन प्रालि, आत्रेय जेभि कनकाई थापा जेभिले पनि काम सम्पन्न गरेका छैनन भने ट्राफिक सुरक्षा कार्यको जिम्मा लिएको सूर्य÷केएम जेभिले पनि काम गरेको छैन ।
गृह मन्त्री रामवहादुर थापाले निर्माणमा ढिला सुस्ति गर्ने कम्पनि र ठेकेदारलाई कारवाही गर्नका लागी नामावली पठाउने ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि सोही अनुरुप जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्थानीय तहले पठाएको नामावलीका आधारमा कारवाहीका लागी सिफारिस गरेको हो ।



















