सिन्धुली । भगवती अंग्रेजी मा.वि.द्वारा संचालित भगवती बाल क्लबले विभिन्न सचेतनामूलक कार्यक्रमसहित विश्व धुम्रपानरहित दिवस मनाएको छ । भगवती वाल क्लवको आयोजना तथा भगवती अंग्रेजी आवासिय माविको प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विश्वमा धुम्रपानको कुलत र दुव्र्यसनबाट वार्षिक करिब ७० लाख मानिसहरुको मृत्यु भएको पछिल्लो तथ्याङ्क रहेको बताउँदै विद्यालयका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले विद्यालय तहदेखी नै चेतनामूलक कार्यक्रमहरुको आयोजना गरि विद्यार्थीहरुलाई धुम्रपानको सेवनबाट स्वास्थ्यमा पर्ने प्रत्यक्ष असरको बारेमा सचेतना जगाउनु आवश्यक रहेको बताए ।
भोलिको लागि स्वस्थ नागरिक र दुव्र्यसनमुक्त र सभ्य समाज निर्माण गर्न विद्यार्थीहरुको यस्तो क्रियाकलापले प्रत्यक्ष सहयोग पुग्ने भएकाले उनीहरुलाई यस प्रकारको जनचेतनामूलक कार्यक्रममा सरिक गराइएको उनको भनाइ छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दिवसको अवसरमा एक सचेतनामूलक र्यालिको समेत आयोजना गरेका थिए । र्यालीमा कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब ३०० जना विद्यार्थी, शिक्षकहरु एवम् पूर्व विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रमको अगुवाई विद्यालयका शैक्षिक संयोजक सन्तोष श्रेष्ठले गरेका थिए ।




















