सिन्धुली/विपी राजमार्गको पिपलभञ्ज्याङमा एम्बुलेन्स दुर्घटना हुदा एम्बुलेन्स चालक गम्भिर घाइते भएका छन । शुक्रबार दिउँसो सवा २ बजे काठमान्डौबाट सिन्धुली आउँदै गरेको ज१च६३६ नम्बरको एम्बुलेन्स सडकबाट पल्टिदा सर्लाही नमुना अस्पतालको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि एम्बुलेन्स चालक सर्लाही घुर्कौलीका ३२ वर्षिय साङ दोर्जे लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी विनोद शर्माले बताए । घाइतेको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स सडकबाट सय मिटर तल झरी नालामा पसेको छ ।



















