सिन्धुली । शुक्रबार बीपी राजमार्गमा पिकअप भ्यानले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
सर्लाहीबाट काठमााडौं जाँदै गरेको प्रदेश २–०३–००६प–३७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१च–०४८७ नम्बरको भ्यानले सुनकोशी गाउँपालिका १ बालुवामा ठक्कर दिंदा मोटरसाईकल चालक सर्लाहि चक्रघट्टा गाउँपालिका वडा नं. ५ का गणेश रायको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका रायको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुरको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कायाृलय सिन्धुलीका केशवकुमार कटुवालले जानकारी दिए ।
ठक्कर दिने पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




















