सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति सिन्धुलीले विहिबार सिन्धुलीमाढीमा वृहत रक्तदान कार्यक्रम गरेको छ ।
युवा संघले नेपाल रेडक्रस सोसाईटीको रक्तसञ्चार केन्द्रको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेकाो हो । रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको युवा संघ सिन्धुलीका अध्यक्ष अरुण पाख्रिनले बताए ।
युवा संघका जिल्ला अध्यक्ष अरुण पाख्रिनको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका वागमति प्रदेश सदस्य प्रदीप कटुवाल, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, नेकपा एमाले सिन्धुलीका उपसचिव पार्वती भट्टराई लगाएतका नेताहरु, युवाहरु, पत्रकारहरु लगाएतको उपस्थितिमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले युवाहरुले सामाजिक परिवर्तनमा उल्लेख्य योगदान गर्नुपर्नेमा जोड दिए ।
युवा संंघ केन्द्रीय कमिटीको देशभर रक्तदान गर्ने एक महिने अन्तर्गत रहेर रक्तदान गरिएको हो । कार्यक्रममा रक्तदाता तथा रक्तदानमा प्राविधिक सहयोग गर्ने रक्तसञ्चार केन्द्रका प्राविधिकहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको छ ।
युवा संघले सिन्धुली अस्पतालमा आपतकालिन अवस्थामा आवश्यकता अनुसार रक्तदान गर्दै समेत आईरहेको छ ।






















