सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले भुकम्पपीडितका समस्या तीनवर्ष वितिसक्दा पनि उस्तै रहेको बताएकी छिन । राज्यले उचित रुपमा पीडितहरुलाई सम्बोधन गर्न नसक्दा समस्या उत्पन्न भएको उनले बताईन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुली तथा जिल्ला स्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिकाको वडा नं. २ निवुवाटारमा भएको भुकम्पपछिको राहत तथा पुननिर्माण सवालको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएकी हुन । उनले नागरिकहरुका प्रश्नको जवाफ दिदै स्थानीय तहलाई भुकम्पपीडितका समस्या समाधान गर्ने अधिकार नदिएमा समस्या यथावत रहने बताएकी छिन । कार्यक्रममा बोल्दै उनले ऐलानी जग्गा, किस्ता रकम भुक्तानीका समस्या, भुकम्पपीडित भएर पनि लाभग्राहीमा नपर्नुका कारणबारे स्थानीय तहलाई थाहा हुने भए पनि सरकारले पूर्ण अधिकार दिन नसक्दा समन्वकारी भूमिकामा सिमित हुनुपरेको बताईन ।
कार्यक्रममा बोल्दै कनपा २ का वडाध्यक्ष नवराज थिङले आफ्नै वडामा ५, ७ वटा घर ध्वस्त भएर पनि लाभग्राहीमा नपरेको उदाहरण दिदै स्थानीय तहलाई अधिकार दिएमा त्यस्ता घरहरु लाभग्राहीबाट बाहिर रहनु नपर्ने बताए । उनले वडामा कार्यरत प्राविधिकहरुलाई जनतको सेव ागर्न घर घरमा पुग्न सुझाव समेत दिए । कार्यक्रममा बोल्दै सव इन्जिनियर सुमित चौधरीले किस्ता रकमका लागि सिफारिस गर्ने पुननिर्माणमा सहजीकरण गर्ने लगाएतका काम भईरहेको बताए ।
कार्यक्रममा भुकम्पपीडितहरुले जग्गा जमिनको लालपूर्जा नभएका कारण घर बनाउन नपाएको, निर्माण सामग्री बोकेर लानुपर्ने समस्या, लाभग्राहीमा नपर्ने तथा गुनासोको सम्बोधन हुन नसकेको, प्राविधिकको लापरवाहिका कारण ५, ६ महिनासम्म किस्ता नपाउने तथा फाइल हराउने समस्या, आर्थिक अभावका कारण घर बनाउन नसकेको लगाएतका समस्या रहेको गुनासो गरेका थिए ।
स्थानीय समाजसेवी तथा भुकम्पपीडित निरबहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा भुकम्पपीडितहरुले उठाएका प्रश्नको जवाफ कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, कमलामाई नगरपालिकाका कर शाखा प्रमुख कुमार थापा, कनपा २ का वडाध्यक्ष नवराज थिङ, वडाका इन्जिनियर अशोक चौधरी, सब इन्जिनियर सुमित चौधरीले दिएका थिए भने जिल्ला स्तरीय मानवअधिकार सञ्जाल सिन्धुलीका संयोजक द्वारिका काफ्लेले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले गरेकी थिइन ।






















