इण्डोनेशियाको राष्ट्रिय विपद् निकायले विनाशकारी भूकम्प र सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ । गत शुक्रवार उक्त टापुमा भूकम्प र त्यसपछि सुनामी आएको थियो ।
राष्ट्रिय विपद् निकायले प्रभावित क्षेत्र पहिला ठानिए भन्दा ठूलो भएको पनि जनाएको छ । पत्रकार सम्मेलनमा उक्त निकायका प्रवक्ता सुतुपो पुर्वो नुग्रोहोले शुक्रबारको ७.५ म्याग्निट्यूडको भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू फसिरहेको ठानिएको जनाएका छन् ।
भूकम्पपछि आएको सुनामीको छाल ६ मिटरसम्म अग्लो भएको उनले बताए । इण्डोनेशियाको पालु नगरमा उद्धारकर्मीहरूले विपद्मा परेर पनि जीवितै हुन सक्ने मानिसहरुको खोजी गरिरहेका छन् । पालु नजिकैको डोंगाला नगरमा भूकम्प र सुनामीको असर कति परेको छ भन्ने स्पष्ट छैन । त्यसैले अहिले उक्त नगरको अवस्थाबारे चासो बढेको छ । एजेन्सीको सहयोगमा
















