• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मनमायासँग फोटो नखिचेको पछुतो

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ११, २०७५
in Featured, Opinion
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
उमा पौडेल

गएको बैशाखको मध्यतिर एक अधबैंशे महिला कार्यकक्षमा आइपुगिन् । उनको आँखामा मिठा सपनाहरू लालायित थिए । टठिलो मुहारको भावमा ‘सुख’ प्रतिक्षारत देखिन्थे । उनी थिईन् मनमाया । विदेश गएर प्रशस्त कमाउने अभिलाषा बोकेर राहदानी बनाउन आएकी ।
हामी सामी परियोजना मार्फत सुरक्षित आप्रवासनका लागि काम गरिरहेका छौं । सिन्धुली जिल्लाबाट पासपोर्ट बनाउने जो कसैले पनि सुरक्षित आप्रवासनबारे सूचना लिएपछि मात्रै जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउने प्रकृया अघि बढ्छ ।
त्यही क्रममा परियोजनाको परामर्श कक्षमा आईपुगेकी थिईन् मनमाया । मेरा सहकर्मीले मनमायाका कुरा सुनेपछि कतै न कतै त गडबड छ भन्ने महशुस गरेर र मेरो कार्यकक्षमा लिएर आएका थिए । उनीसँग नागरिकताको प्रतिलिपी रहेछ, हेरें । अनि ठट्टै ठट्टामा भनिहालें, ‘बैगुनी रैछ्यौ नि दिदी । नाम चाहिँ मनमाया, कामले चाहिँ नेपाल छाड्ने भनेर पासपोर्ट बनाउन आइछ्यौ ।’

मेरा सहकर्मी मुसुक्क हाँसेर आफ्नो काममा लागे । अब मनमायाले बेथाको पोको फुकाईन् ।
१६ वर्षकी हुँदा आफूखुसी बिहे गरेकी थिईन्, एउटै गाउँका पुरुषसँग । २ छोराछोरी जन्मिए । बुताले भ्याएसम्म मिठो मसिनो खुवाईन्, हुकाईन, बढाईन् । श्रीमानले विवाह भएको ११ वर्षपछि सौता ल्याए । श्रीमान र सौताको अवहेलना सहन नसकेर सौता भित्रिएको ६ महिनापछि छोराछोरीसहित काठमाडौं गईन् ।

काठमाडौमा संघर्षको थप श्रृङ्खला सुरु भयो । ज्याला मजदुरी गरेर जीवन चलाउन थालिन् । उनको काममा छोराछोरीले पनि सघाउँथे । मानसिक यातनाबाट टाढा भएपछि शारीरिक परिश्रम गरेर जीवन चलाइरहेकी थिईन् ।
त्यही क्रममा एकजना अपरिचित पुरुषले मनमायालाई विदेशको सपना देखाए । विदेशमा धेरै पैसा कमाईने, २÷४ वर्षपछि छोराछोरी पनि साथै लान मिल्ने आश्वासन दिए । सोझी मनमायाले ‘हो’ भन्ठानिन् ।
उनी खुसीले गद्गद् हुँदै पासपोर्ट बनाउन आएकी थिईन् । फुरुङ्ग पर्नुको कारण अरु पनि थिए । त्यी व्यक्तिले मनमायालाई विदेश जान र पासपोर्ट बनाउन तिमीले कुनै खर्च गर्नु पर्दैन समेत भनेका रहेछन् ।
मनमायाले कुरा खोल्दै गईन् ‘मलाई कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा पनि तिरिदिए । उनकी दिदी पर्नेलाई पासपोर्ट बनाउने काममा सघाउन मसँगै पठाएका छन् । कसैले सोधिहाले भने सानीमा हुन भन्नु भनेका छन् ।’
मनमायाका मुखबाट यति कुरा सुनेपछि मलाई जसरी पनि उनलाई विदेश जानबाट रोक्नुपर्छ भन्ने लाग्यो । अपरिचित व्यक्तिले सहयोगको नाटक मञ्चन गर्नुको पछाडि मनमाया बेचबिखनको जोखिममा पर्ने शतप्रतिशत जोखिम हो भन्ने सहजै आँकलन गर्न सकिन्थ्यो ।

मैले मनमायालाई सानीमा भन्नु भनेर सिकाएकी महिलालाई बोलाउन लगाएँ । उनको कुराले छर्लंग हुन्थ्यो कि, उनी आर्थिक प्रलोभनमा परि ती पुरुषले खटाएकी व्यक्ति हुन् । ‘इन्डिया जाने अनि त्यहाँबाट प्लेनमा विदेश जाने’ यति मात्रै पटक पटक दोहोर्याइ रहन्थिन् ।
हुन त मेरो कामको जिम्मेवारी उनलाई आवश्यक सूचना र जानकारी दिनु मात्रै हो । मसँग न उनलाई विदेश जानबाट रोक्न सक्ने अधिकार थियो, न राहदानी नदिने नै । तर, एउटी महिला जोखिममा छिन् भनेर जान्दाजान्दै मैले उनलाई थप जोखिमपूर्ण बाटोमा अघि बढ्न नदिनु मेरो मानवीय धर्म थियो ।
यही सोचका साथ दुवै महिलालाई सँगै लिएर प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको कोठामा गएँ । उनीहरूको सबै वास्तविकता सुनाइदिएँ । अनि प्रशासकीय अधिकृतसँग अनुरोध पनि गरें, ‘सकिन्छ भने उहाँको पासपोर्ट रोकौं ।’
प्रशासकीय अधिकृतले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पठाउनुभयो । दुवै महिलालाई साथै लिएर म प्रजिअको कोठामा गएँ । सानीमा भनिएकी महिलाको फोनमा दलाल पुरुषको फोन निरन्तर आयो । मैले सबैको अगाडि उनको फोन मागेर रिसिभ गरें । नौलो आवाज सुनेपछि ती व्यक्तिले फोन काटेर तुरुन्त स्वीच अफ गरिहाले ।
त्यही मनमाया दिदी जो सानो पहलका कारण बेचिने जोखिमबाट जोगिईन्, आज किन किन उनैलाई झल्झली सम्झिरहेछु । रजिस्टरमा टिपोट गरिएको उनको नम्बरमा फोन गरें, लागेन । मनमाया दिदी तिमीसँग एउटा फोटो खिच्न नपाएकोमा पछुतो छ ।
प्रजिअले धेरै समय दिएर उनीहरूको कुरा सुन्नुभयो । उहाँलाई पनि शंकास्पद लागेपछि मनमायालाई ‘तपाईलाई पासपोर्ट दिन मिल्दैन’ भनिदिनुभयो । र, दुवैैलाई प्रहरीकहाँ लिएर जान भन्नुभयो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दुवै महिलासँगै सिन्धुली प्रहरीको महिला तथा बालबालिका सेलमा पुग्यौं । परामर्श कक्षदेखि लिएर, प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, महिला तथा बालबालिका सेलका प्रमुख कसैले पनि उनलाई सम्झाउन बाँकी राखेका थिएनौं । हामीले मनमायालाई हुनसक्ने जोखिमबारे प्रष्टै भनिदिएका थियौं ।
दुवैलाई प्रहरी कार्यालयमा केही घण्टा राखियो । मनमायाका आफन्त पर्ने व्यक्तिहरूले उनीहरू प्रहरीमा आएको थाहा पाएछन्, आए । आफन्तलाई सम्झाई बुझाई हामीले महिला तथा बालबालिका सेलबाट आफन्तको जिम्मा लगाएर मनमायालाई पठायौं ।
आर्थिक प्रलोभनमा परि आएकी महिलालाई अबदेखि यस्तो काम नगर्न चेतावनी दिएर छाडियो । मनमायाका आफन्तसँगै म पनि फर्किदै थिएँ । जिल्ला प्रशासन कार्यालय नजिकै आएपछि जिस्काएँ, ‘जाउँ मनमाया दिदी पासपोर्ट बनाउन ।’
मेरो कुरा नसक्दै भनिन्, ‘झण्डै बेच्दिएछ । बनाउँदिन पासपोर्ट । जाँदिन विदेश । ज्याला गरेर दिनको १५ सय कमाउँछु त्यही खान्छु, बस्छु ।’
त्यही मनमाया दिदी जो सानो पहलका कारण बेचिने जोखिमबाट जोगिईन्, आज किन किन उनैलाई झल्झली सम्झिरहेछु । रजिस्टरमा टिपोट गरिएको उनको नम्बरमा फोन गरें, लागेन । मनमाया दिदी तिमीसँग एउटा फोटो खिच्न नपाएकोमा पछुतो छ ।

 महिला खबर डटकमबाट

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीवाट कार्यालय स्थान्तरण विरुद्ध आन्दोलन, शहरी विकासमा धर्ना प्रजिअ मार्फत ज्ञापन पत्र वुझाईने

Next Post

सरकारी कार्यालय स्थानान्तरणको विरोधमा धर्ना र ज्ञापनपत्र, चरणबद्ध आन्दोलन गर्ने निर्णय

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied