
आन्दोलन स्वरुप उनीहरुले विहिवार शहरी विकास तथा भवन डिभिजन कार्यालयमा एक घन्टा धर्ना दिने भएका हुन । विहिवारबाट सुरु हुने आन्दोलन माग पुरा नभएसम्म जारी रहने नागरिक अगुवाहरुले बताएका छन ।
धर्ना कार्यक्रम लगतै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र ३ नं. प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीषरिषदको कार्यालयलाई ज्ञापन पत्र समेत वुझाउने कार्यक्रम रहेको नागरिक अगुवाहरुले वताएका छन ।
सिन्धुली जिल्लामा विगत लामो समय देखि रहेका सिंचाई डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, भू–संरक्षण कार्यालय, जनस्वास्थ्य कार्यालय र प्राविधिक कार्यालय यस जिल्ला वाट अन्यत्र स्थान्तरण हुन लागेपछि सिन्धुलीवासी आन्दोलीत हुन लागेका हुन ।
नेकपाका नेता तथा नागरिक अगुवा प्रलादकुमार पोखरेलको अध्यक्षतामा वुधवार नागरिक अगुवाहरुको वैठकले सिन्धुली जिल्लामा यी कार्यालय रहने ग्यारेन्टी नहुदा सम्म चरण वद्ध आन्दोलन गर्ने जनाएका छन ।
संघिय संरचना अनुसार जिल्लाबाट यी कार्यालयहरु अन्यत्र स्थानन्तरण हुन लागेको भन्दै जिल्लाबासी आन्दोलित हुनु परेको अगुवा पोखरेलले बताए ।
अन्य विकल्प तथा निकाय तयार नहुन्जेल सम्म यस्ता कार्यालयहरु हटाउदाँ जिल्लाका विकास निर्माण देखि स्वास्थ्य संस्था संचालनमा समेत अन्यौलता र विक्रितिहरु भित्रन सक्ने तर्फ राज्य संचालनका निकायहरु सजग हुनु पर्नेमा उनीहरुले जोड दिएका छन ।
जिल्लामा यी कार्यालयहरुका संरचना नराख्ने राज्यको निर्णय भएपनि,यसका विकल्पहरु भने तत्काल तयार हुनु पर्नेमा उनीहरुले जोड दिएका छन । जनता सँग प्रत्यक्ष जोडिएर रहेका कार्यालयहरु यस जिल्लाबाट हटाएर अन्यत्र स्थान्तरण हुनेकुरा सिन्धुलीबासीका लागी स्विकार्य नहुने भन्दै उनीहरुले त्यस विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन ।
जिल्लाबासीहरुलाई सिन्धुलीबाट स्थान्तरण भई कार्यालयहरु अन्यत्र जानेकुरा कुनै पनि हालतमा स्विकार्य छैन, राज्यले यसलाई तत्काल सम्बोधन गर्नु पर्छ , यो जिल्लाबासीहरुको माग हो, संयोजक पोखरेलले भने । डिभिजन कार्यालयहरुको विकल्प के त ? भन्ने कुरा पहिला राज्यले जनतालाई बुझाउनु पर्छ, त्यसपछि कार्यालयहरु हटाउने कुरा होला तर कार्यालय सार्ने कुरामा सिन्धुलीबासी सकारात्मक र सार्ने दिने पक्षमा छैनन पोखरेलले भने ।
अहिले यो त सुरुवात मात्रै हो, राज्यले सिन्धुलीबासीको कुरालाई वेवास्ता गर्दै कार्यालय अन्त सार्ने प्रयास गरेमात्र सिन्धुली जिल्लाबासीले त्यसको खुलेर प्रतिबाद गर्ने छन , पोखरेलले भने ।



















