सिन्धुली । ग्वांग खोलमा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
घर बाट बिजुलीको तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्दा कमलामाई ६ धुरा फाँटमा बस्ने करिब ३० वर्षिय सिताराम पाख्रिनको बुधवार दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
करेन्ट लागेर अचेत अवस्थामा उद्धार गरिएका पाख्रिनको उपचारका लागी लादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । उपचारका लागी अस्पताल पु¥याईएका पाख्रिनलाई डाक्टरहरुले अस्पतालमा पुग्नासाथ मृत्यु भईसकेको बताएका थिए ।




















