• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज ९, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

नवलपुर । एसिड आक्रमणमा परी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै नवलपुरमा एक युवतीमाथि एसिड र छुरा प्रहार भएको छ । कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारमाथि यस्तो घटना भएको हो । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था गम्भिर रहेको चिकित्सक डा. सुरेश प्रधानले बताए । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा. प्रधानले बताए । अन्य स्थानको घाउ भन्दा यो गम्भिर रहेको डा. प्रधानले जानकारी दिए । देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको छ । बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् । प्रारम्भिक बयान दिएका विमलले ‘पूर्व सहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएका छन् ।
योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलको दाबी छ ।
कस्तो छ बसन्तीको अवस्था ?
भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ । आइतबार ८ बजे आकस्मिक कक्षमा भर्ना भएकी उनको राति नै अप्रेशन गरिएको छ । सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको हो । उनको दाहिने र देब्रे गालाका दुवैतर्फ एसिडका साथै चक्कु प्रहार भएको पाइएको छ । दायाँ गालाको हड्डी फुटेको छ । बिमलले बसन्तीको देव्रेतर्फको पेटमा प्रहार गरेको छुराले सानो आन्द्रा बाहिर आएको थियो । त्यसको अप्रेशन गरिएको डा. प्रधानले बताए । एसिडले अनुहार, घाँटी, पाखुरा र छातीमा असर गरेको छ । एउटा आँखामा पुरै क्षति भएको जस्तो देखिएको चिकित्सकले बताए । एसिडको असर श्वासप्रश्वासमा पुग्न सक्ने हुँदा समस्या जटिल पनि हुन सक्ने डा. प्रधानले बताए । चिकित्सक डा. प्रधानले भने, ‘अहिले यसै भन्न सकिने अवस्था छैन, अवस्था स्टेबल छ ।’
कसरी भयो घटना ?
बसन्ती परियार र बिमल शिर्पाली छिमेकी हुन् । बसन्तीका एक छोरा र एक छोरी छन् । श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा थिए । उनी हालै मात्र नेपाल फर्किएका छन् । आइतबार बसन्तीकी छोरी रितिषा चाउचाउ किन्न जाँदा बिमलले कुटपिट गरे । उनी रुँदै घर फर्किइन् । तर, जिस्काउँदा रोएकी होला भनेर अभिभावकले वास्ता गरेनन् । साँझतिर नजिकैको बजारमा तरकारी किन्न भनेर बसन्ती सँगै बस्दै आएकी मामाकी छोरी अनुलाई लिएर गइन् ।
तरकारी किनेर फर्कंदै गर्दा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याइदिए । उनी अत्तालिएर छट्पटाउन थालिन् । त्यसपछि बिमलले तरकारी काट्ने चक्कुले बसन्तीको अनुहार, छाती, पेटमा जथाभावी छुरा हाने । अनुले छुट्टाउन खोज्दा उनीमाथि पनि चक्कु प्रहार भएको छ । भरतपुर अस्पतालमा उपचाररत अनुको हातमा ४ वटा टाँका लगाइएको छ ।
बसन्तीका श्रीमान यमनारायण र बिमल साथी हुन् । उनीहरुले १२ बर्ष अघि १४ दिनको फरकमा बिहे गरेका थिए । झण्डै उस्तै समयमा उनीहरु विदेश गएका थिए । बिमल साउदी अरबबाट ५ महिना अघि नेपाल फर्किए । उनकी श्रीमती भने सन्तान सहित माइतमा बस्दै आएकी छन् । श्रीमतीसँग डिभोर्स गर्ने प्रक्रियामा रहेका विमलले आफ्नो श्रीमतीलाई आँखा लगाएर हुनसक्ने यमनारायणले बताए । यही कारण यो घटना भएको पो होकी भन्ने आशंका उनको छ ।
बहिनी बसन्तीलाई भेट्न भरतपुर अस्पतालमा आएकी दिदी मिठुले बिमल र आफूहरुबीच नराम्रो केही नभएको बताइन् । ‘आउने जाने त सामान्य कुरा हो, हामी त देवर बाबु भनेर नै बोल्थ्यौं, तर उसले नराम्रो सोचेको रहेछ मिठुले भनिन् ।
बसन्तीका श्रीमान यमनारायणले विमलमाथि फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । ‘मलाई पैसा वा क्षतिपूर्ति चाहिएको छैन, जति खर्च लाग्छ म नै व्यहोरौंला तर, उसलाई पनि यस्तै गराउनुपर्छ,’ भरतपुर अस्पतालमा रहेका यमनारायणले भने । अनलाईन खबरबाट

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बलात्कार विरुद्ध अभियान सुरु, मैले न्याय कहिले पाउँछु सरकार ?

Next Post

माछा मार्दा करेन्ट लागेर मृत्य

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied