सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीमा सोमबार तालाबन्दी गरिएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले महासंघको सदस्यता शुद्धिकरण विभेदपूर्ण रहेको भन्दै तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणका नाममा क्रियाशिल पत्रकारको सदस्यता कटौती गरेको, जिल्लाबाट सर्वसम्मत रुपमा सिफारिस गरेको नामावलीलाई प्रदेश हुँदै केन्द्रसम्म पुग्दा व्यापक रुपमा हेरफेर गरिएकाले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको स्वायत्ततामा प्रश्न उठेको भन्दै नेपाल प्रेस युनियन सिन्धुली शाखाले महासंघमा ताला लगाएको हो ।
जिल्ला शाखाले सिफारिस गरेको सर्वसम्मत सदस्यता नामावलीलाई वेवास्ता गरि प्रकाशन गरेको नामावलीप्रति प्रेस युनियनको ध्यानाकर्षण भएको प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरुण लामिछानेद्धारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
युनियनले जिल्लाबाट सर्वसम्मत प्रकाशित नामावली कायम नगरी निर्वाचन प्रक्रियाअघि बढेमा त्यसबाट उत्पन्न परिस्थितिप्रति सम्बन्धित पक्ष नै जिम्मेवार रहने युनियनले जनाएको छ ।





















