सिन्धुली । सोमबार कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा खोजतलास गर्दा खैरो हिरोईन, गाँजा लगाएतका लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका ९ का विनोद परियार र गोलञ्जोर गाउँपालिका ६ का रविन मैनाली रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी अनिल कुमार खड्काका अनुसार प्रहरीले उनीहरुको डेराबाट लागु औषध खैरो हिरोईन २८ वटा सानो सानो प्याकेट ४ दशमलब ८९० ग्राम, गाँजा १५ दशमलब र एसपीएएसएमओ १ ट्याब्लेट बरामद गरेको जानकारी दिएका छन । घटनाको अनुसन्धान भईरहेको खड्काले बताए ।



















