सिन्धुली । अखिल नेपाल महिला संघ कमलामाई नगर कमिटीको अध्यक्षमा देवी देवकोटा निर्विरोध निर्वाचित भएकी छिन । अखिल नेपाल महिला संघ नगर कमिटीको शनिबार सिन्धुलीमाढीमा सम्पन्न तेस्रो सम्मेलनबाट देवकोटा अध्यक्षमा निर्वाचित भएकी हुन ।
देवकोटाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा अप्सरा कार्की, सचिव मुना परियार, उपसचिव रेजिना श्रेष्ठ र कोषाध्यक्ष सुनिता गुरुङ निर्वाचित भएका छन ।
सदस्यमा सावित्रा हायु, राधिका आचार्य, कौशिला भित्राकोटी, देवकुमारी सारु मगर, लक्ष्मी हायु, शान्ता कुमारी हायु, धनमाया पाख्रिन, जयन्ती के.सी, गिता कार्की, सारदा ढकाल, विष्णुमाया थापा, सरिता राई चिनीमाया माझी, गंगामाया तामाङ, रमा राउत, जनिमाया मुँदेल, सकुन्तला आचार्य, शिवमाया बस्नेत, सेतिमाया मोक्तान, कल्पना राना, कुसुम तामाङ, गंगा कुमारी बोहोरा, तारा माझी निर्वाचित भएका छन ।
सम्मेलन आयोजक कमिटीका संयोजक देवी देवकोटाको अध्यक्षता तथा अनेमसंघका स्थायी कमिटी सदस्य मिथिला फुयाँलको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।





















