सिन्धुली । सुनकोशी गाउँपालिका वडा नम्बर १ बसेरीमा धाराको विवाद हुँदा एक महिलामाथि खुकुरी प्रहार भएको छ । विहिबार धारामा जाने क्रममा विवाद हुँदा स्थानीय ५५ वर्षिय धनमाया मोक्तानले ५५ वर्षिय लक्ष्मीमाया घिसिङमाथि खुकुरी प्रहार गरेकी थिईन ।
खुकुरी प्रहारबाट घिसिङ गम्भिर घाइते भएकी छिन । घाईतेको टाउको र बाँया गालामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईतेको उपचार धुलिखेल अस्पतालमा भईरहेको छ । खुकुरी प्रहार गर्ने धनमाया मोक्तानलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले बताए ।
उनीहरुको पारिवारिक विवाद रहेको र लक्ष्मीमायाँलाई भेट्ना साथ धनमायाले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन ।




















