• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जन्मेको दुई घण्टामै आमा गुमाएकी १७ दिने शिशुलाई सहयोग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २१, २०७५
in Featured, Society
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली ।  जन्मेको दुईघण्टामै १७ दिनअघि आमा गुमाएकी सिन्धुली फिक्कल गाउँपालिका २ रातमाटेकी एक नावालिका (शिशु) लाई विहीवार सिन्धुली ट्रष्टका अध्यक्ष उज्जल विक्रम थापाले दूध, न्यानो कपडासहितको सहयोग हस्तान्तरण गरेका छन् । विहीवार विहान सामग्रीसहित रातमाटे पुगेका अध्यक्ष थापाले गाउँका स्थानीय वासिन्दाको उपस्थितिमा करिब ६० हजार रुपियाँ बराबरको सहयोग हस्तान्तरण गरे । थापाकै उपस्थितिमा नावालिकाको नाम रञ्जिता राखिएको छ ।

स्थानीय रणबहादुर न्यौपानेकी श्रीमती २० बर्षीय रमिला बुढाथोकीको १७ दिनअघि बच्चा जन्मेको दुई घण्टापछि मृत्यु भएको थियो । घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्रावका कारण बुढाथोकीको ज्यान गएको थियो । आमाको मृत्युपछि नावालिकालाई हजुरआमाले सम्हालेकी छन् । यस्तो खबर सुनेलगत्तै ट्रष्टका तर्फबाट २५ हजार रुपियाँ दिने घोषणा गरेको र दाताहरुको थप सहयोगमा नावालिकाका लागि पाउडर दूध, न्यानोकपडा, झोलुंगोको व्यवस्था गरेर आपूm गाउँ पुगेको अध्यक्ष थापाले बताए ।

४८ बट्टा दूध, १५ जोर कपडा, टोपी, मोजा, ओछ्यौना, ४ थान कम्बल, एकथान सिरक, दुईथान झोलुंगो, १२ थान दूध खुवाउने बोतलसहितका सामग्री काठमाडौंबाट लिएर थापा त्यहाँ पुगेका थिए । उनका अनुसार वितरण भएका सामग्री करिब ६० हजार रुपियाँ बराबरका हुन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
बच्चालाई आफ्नो काखमा लिँदै समाजसेवी थापा ।

‘परिवार क्रियाकर्मतिर लागेका कारण ती नावालिकाको न्वारान पनि भएको रहेनछ, म पुगेपछि उनको नामाकरण पनि भयो, रञ्जिता नाम राखियो’ अध्यक्ष थापाले भने, ‘स्थानीय महिलाहरुलाई साक्षी राखेर मैले सामग्री हस्तान्तरण गरेको छु । सबैले सामूहिक आमा बन्ने, नावालिकाको संरक्षण गर्ने बचन दिएका छन् । नावालिकाका लागि थप दूधको व्यवस्था गर्ने भनेको छु ।’ थापाले नावालिका रञ्जिताको सामूहिक आमा बन्न स्वीकार गरेका १० जना स्थानीय महिलालाई एक÷एक साडी तीजको उपहार प्रदान गरेका छन् ।

अध्यक्ष थापाले भने, ‘ बुबा रणबहादुर न्यौपाने, हजुरबुआ, हजुरआमा, ठूलीआमालगायत सम्पूर्ण टोलका छोरीका रुपमा रञ्जिता हुर्केको देख्दा आनन्द लाग्यो । जन्म हुँदा आमा गुमाएकी रञ्जिता अलक्षिनी नभएको सामाजिक सन्देशसहितको छलफलमा सम्पूर्ण गाउँवासि र परिवारजनले मृत्युको कारण विकट नेपालको स्वास्थ्य सेवा अभाव भएको निस्कर्ष निकालेका छन् । यो राम्रो हो ।’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

जनतामा नैराश्यता छाउन दिदैनौँ : प्रचण्ड

Next Post

सुरु भयो प्रथम तीज व्यापार मेला

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied