सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अवको सरकार शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनका सवालमा गम्भिर रहेको बताएका छन ।
सिन्धुलीको मरिणगाउपालिकाको वडा नं ३ र ४ जोड्ने मरिणखोलामा निर्माण सम्पन्न भएको पक्की पुलको बुधबार उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
सरकार विगतका कामको समिक्षा गर्दै आगामी केही महिना भित्रमा नै नयाँ संकल्प सिहत देशभर शिक्षा, स्वास्थ्य, रोजगारी उत्पादन बृद्धि गर्दै बाटो पुल लगाएतका काममा सरकारले काम गर्ने बताए ।
केपि ओली र आफु गम्भिर छलफलमा लागेको र जनतामा नैराश्यता छाउने शक्ति क्रियाशिल भएकाले त्यस्ता भ्रमको पछि नलाग्न उनले आग्रह गरे । अव सरकारले विकास र पुर्वाधार विकासमा केन्द्रित रहेको समेत उनको भनाई छ । चौतर्फि राजमार्गको सञ्जाल जोडिएको सिन्धुली जिल्ला अव देशकै नमुना र विकासको गति लिने जिल्लाको रुपमा विकास हुने भएकाले सवैलाई उत्पादनमुलक कार्यमा लाग्न आग्रह गर्नुभयो । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकारले केही दिन भित्रै काठमाण्डौं उपत्यकाको धुलो र हिलो समाप्त पार्ने उद्घोष गरेका छन् ।
उनले भने, ‘बर्तमान सरकार देशको समृद्धीका लागि नयाँ संकल्पका साथ अघि बढेको छ । केही महिनाभित्रै काठमाण्डौं धुलो हिलोलाई समाप्त गरि एउटा नयाँँ संकल्प सहित देशको समृद्धी यात्राको थालनी गर्ने छ ।’
काठमाण्डौंको धुलो र हिलोलाई समाप्त पार्दै सफा सुन्दर र पर्यटकीय गन्तव्यको विकास संगै देहभरी बाटो घाटो शिक्षा, स्वास्थ्य रोजगारी उत्पादन वृद्धिलाई गती लिएर एक वर्ष भित्र जनतामाजमा आशा उत्साह भर्ने संकल्प गरेको उनको भनाई छ । ‘यसका लागि सुखी नेपाली र समृद्ध नेपालको अभियान काठमाण्डौंको धुलो र हिलो समाप्त पारेर थालनी गरिने छ,’ उनले थपे ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफुबीच विकास निर्माणका विषयमा आज बिहान (बुधबार) पनि गम्भीर छलफल भएको भन्दै विकास निर्माणको तिव्र विकास संगै रोजगारीका अवसर सिर्जना गरि मुलकलाइ समृद्ध बनाउने घोषणा गरे ।
दुई तिहाईको वर्तमान सरकारका बारेमा नागरीकहरुले टिक्का टिप्पणी गर्न थालेको उल्लेख गर्दै प्रचण्डले सरकारको कामप्रति अफवाह फैलाउन केही षणेन्त्रकारी क्रियासिल भएको पनि आरोप लगाए ।
कम्युनिष्ट पार्टीको सरकारलाई कमजोर पार्न लाग्नेहरु प्रति गम्भीर ढंगले समिक्षा गर्दै आउने केही समय भित्रै समृद्धीको यात्रामा अघि बढ्ने बताए ।
‘बाटो घाटो निर्माण र औद्योगिक क्षेत्रको विकास गर्दै नेपाली राजनीतिक इतिहासको अराजकताको अन्तय गर्दै एउटा नयाँ युगको विकास र स्थीरता सहितको समावेसीताको नयाँ युगको सुत्रपात गर्ने छौं । हामी केही छलांग सहितको समृद्धी ल्याउने छौं,’ उनले भने ।
मरिण क्षेत्रकै समृद्धीको ढोका खोलेको पुल निर्माण सम्पन्न गर्ने अवधि भन्दा डेढ वर्ष अघि नै उद्घाटन गर्न पाउदा हर्षित भएको भन्दै अध्यक्ष दाहालले ठग ठेकेदार र कर्मचारी घुस्याहा मात्र हुन्छन भन्नेलाइ सबक सिकाएकोे बताए । राम्रो काम गर्नेलाइ पुरस्कृत र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको अब थालनी भएको उनको भनाई थियो ।
२०७३ मंसिर १२ गते प्रधानमन्त्री हुँदा प्रचण्ड स्वयमले सिल्यान्यास गरेको उक्त पक्कीपुलको उद्घाटन समेत प्रचण्ड स्वयमले गरेका हुन ।
पुलको उद्घाटन गर्दै प्रचण्डले समय अगावै पुल निर्माण गरि उदाहरण प्रस्तुत गर्ने ठेकेदार कम्पनी, कर्मचारी र स्थानीयलाई विशेष कार्यकर्मको आयोजना गरि सम्मान र पुरस्कृत गर्ने समेत बताए ।
कालिका, तुदी, रसुवा जेभि चारसय मीटर लामो पुल समयाबधि अघि नै निर्माण सम्पन्न गरेको हो ।
४९ करोड १४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको पुलको निर्माण सम्पनन गर्ने समयावधि २०७६ पुष २८ गते रहेको थियो ।
सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले पाच वर्ष भित्रमा एकहजार वटा पक्की पुल र १० हजार किलोमीटर कालोपत्र सडक निर्माण गर्ने उद्घोष गरेका थिए ।
यसैविच कालिका–रसुवा–तुदी जेभि काठमाण्डौंले सिन्धुलीकै कमलानदीमा पनि पक्कीपुल निर्माणको सम्पूर्ण कार्य पुरा गरेको छ ।
२०७३ असार २९ गते कालिका–रसुवा–तुदी जेभि काठमाण्डौंले सडक विभाग पुलमहाशाखा, फुल आयोजन पुर्वी क्षेत्र सेक्टर १ संग सम्झौंता गरी निर्माण थालिएका उक्त पक्की पुलको निर्माण कार्य सम्पन्न भएको हो ।
आचार्यका अनुसार दुधौली नगरपालिका अन्तरगत रहेको हर्षहीको जगाडी नजीकै ४८ करोड रुपैयाँ कुल लागत रहेको कमला ५ सय मिटर लामो पक्की पुलको निर्माण कार्य सम्पन्न भइसकेको हो । मरिण खोला अन्तरगत कपीलाकोटा कल्पवृक्षको पुलको निर्माण पछि मरिण क्षेत्रकै समृद्धीको लागि ढोका खुलेको सरोकारबालाहरुले प्रतिक्रिया दिएका छन् ।
पुल उद्घाटन कार्यक्रममा बोन्दै मरिण प्रतिनीधि सभाका सदस्य हरिबोल गजुरेलले पुलको निर्माण कार्यले मरिणको चौतर्फी विकासको लागि सम्भावना खोलेको बताए ।
यातायात मन्त्रालयका सविच मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन लगायतले पुल नहँुँदा वर्षेनी ज्यान गुमाएका मरिण बासिका लागि सुनौंलो अवसर पुलले सिर्जना गरेको बताए ।





















